कोरियाबाट जितन भाइ भन्छन्, “लैदे खबर चरी”

Read Time:1 Minute, 17 Second

रुद्र श्रीसमगर

पोखरा, मंसिर २ – हाल दक्षिण कोरियामा रहेका लोक तथा दोहोरी गायक एवं साहित्यकार जितन भाइ श्रीसले नयाँ मर्मस्पर्शी सांगीतिक कोसेली सार्वजनिक गरेका छन् । गायक श्रीसले परदेशीको व्यथा समेटिएको गीत “लैदे खबर चरी” ल्याएका हुन् ।
Image may contain: 1 person, standing and sunglasses

गायक श्रीसलाई चर्चित लोक तथा दोहोरी गायिका देवी घर्तीमगरले साथ दिएकी छिन् । गीतको लय तथा शब्द भने हाल संयुक्त राज्य अमेरिकामा रहेका लोकप्रिय संकलक एवं गायक खेम पुनले तयार पारेका हुन् ।
आशीष म्यूजिक प्रालिको प्रस्तुतीमा तयार पारिएको म्यूजिक भिडियोमा भने महेन्द्र गौतम र रञ्जिता गुरुङले अभिनय गरेका छन् । एकता फिल्मस् प्रालिले निर्माण गरेको म्यूजिक भिडियोको निर्देशन तथा छायांकन दुर्गा पौडेलले गरेका हुन् भने नवीन घर्तीमगरले सम्पादन गरेका हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %