प्रहरीको गाडीले ठक्कर दिदाँ एक गम्भीर घाइते

भक्तपुर, २७ असोज 

पानी भर्न झौखेल गएको प्रहरीको गाडीले आज बिहान स्थानीयवासी पूर्ण बासुकलालाई ठक्कर दिई घाइते बनाएको छ ।

जमिनमुनिबाट निकालेर बोरिङ गरेको पानी लिएर फर्कंदै गरेको महानगरीय प्रहरी प्रभाग व्यासीको बा१झ ८०३५ नं को गाडीले ठक्कर दिँदा ४७ वर्षीय बासुकला घाइते भएका हुन् ।

गाडी प्रहरी जवान महेन्द्र रुम्बाले चलाएका थिए ।

ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचार हँुदै गरेको घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

 

 

 

रासस