मनोज घर्तीमगर
नेपाली कथानक फिल्म ‘अग्नीदहन’को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँको क्युज सिनेमाहलमा पत्रकार सम्मेलन गरि फिल्मको निर्माण टिमले टिजर र पोस्टर सार्वजनिक गरेको हो । बोक्सी प्रथालाई पूर्ण रुपले निर्मुल गर्ने उदेश्यका साथ मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको सहकार्यमा ‘अग्नीदहन’ बनेको हो ।
फिल्म प्रस्तुतकर्ता कोवितशरण उपाध्यायले फिल्मलाई नेपालका त्यस्ता जिल्लाहरु जहाँ बोक्सीको आरोपमा निर्दोष महिलाहरुलाई विभिन्न सजाय दिईन्छ ति जिल्लाहरुमा प्रदर्शन गरि जनचेतना जगाउने जानकारी दिए । फिल्मलाई धौली जस्तो सन्देशमुलक फिल्म निर्देशन गरिसकेका निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । कथा, पटकथा र संवाद लोकमणि पौडेलको रहेको छ भने परिकल्पना कोवितशरण उपाध्यायको हो । फिल्ममा अनुपमा भण्डारी, प्रमिला तुलाचन, माओत्से गुरुड, तुलसा क्षत्री, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय छ । दिर्घ गुरुङको छायांकन, जेशन कुवरको पाश्र्व संगित, दीर्घ खड्काको सम्पादन तथा उत्तम न्यौपानेको ध्वनि मुद्रण रहेको छ ।