कतारमा नुवाकोट सेवा समाजले पाँचौं अधिवेशनको अन्तिम तैयारी पुरा

Read Time:2 Minute, 13 Second

कृष्ण सारू मगर

दोहा-कतार,  नोभेम्बर ११ – मध्ये पुर्वीय राष्ट्र दोहाको कतारमा समाज सेवा नै धर्म हो भन्ने उद्धेश्यका साथ विशुद्ध समाजिक अवधारणा बोकी २००६ मा स्थापित नुवाकोट सेवा समाजले यहि आउँदो १७ नोभेम्बर २०१७ सुक्रबारका दिन सनैयाको ग्रीन गार्डेन रेष्टुरेन्टको सभाहलमा पाँचौं अधिवेशन गर्ने भएको छ ।

उक्त महादिवेशन कार्यक्रमलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार तथा विभिन्न मिडियामा आवद्ध पत्रकार बन्धु, महिला तथा सज्जन बृन्द ज्यूहरू पाँचौं अधिवेशन कार्यक्रमलाई भब्य र सभ्य सम्पन्न गराउन समाजले सम्वन्धित सबैमा सादर निमन्त्रणा गरेको छ ।

यदि प्राविधिक समस्याको कारणवश उक्त अधिवेशन कार्यक्रमको पत्राचार निमन्त्रणा पत्र यहाँहरू समक्ष प्राप्त नभएको खण्डमा यसै सुचनाको आधारमा यहाँहरूले गरिमामय उपस्थिति भईदिनु हुन समाजका द्धितिय उपाध्यक्ष बच्चुराम प्याकुरेलले हामीलाई जानकारी दिए ।

श्रोतका अनुसार कतारलाई कर्मभुमीको रूपमा बस्नु हुने विभिन्न पेशा, ब्यावसाय, एवं समस्त नुवाकोटवासी तथा गैर नुवाकोटसीहरूमा समाजले नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूले महाधिबेशन कार्यक्रममा उपस्थितिका लागि नुवाकोट सेवा समाजले परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %