सुरज र रमाले ल्याए “भञ्ज्याङैको चौतारी”

Read Time:1 Minute, 38 Second

रूद्र श्रीसमगर

पोखरा, कार्तिक २५ – गायक सुरज थापामगर र लोक तथा दोहोरी गायिका रमा रानामगरले नयाँ कौह्रा गीत “भञ्ज्याङैको चौतारी” बजारमा ल्याएका छन् । सुरज र रमाले आफैं स्वर दिएको यस कौह्रा गीतको शब्द गीतकार रूद्र ‘सन्देश’ मगरले लेखेका हुन् भने लोक तथा दोहोरी गायक नवीन रानामगरले लय सिर्जना गरेका हुन् ।

सो गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । टाइगर्स फिल्मस् प्रालिको प्रस्तुती रहेको म्यूजिक भिडियोको निर्देशन गोविन्द पुनमगर तथा नृत्य निर्देशन सुनिता थापामगरले गरेका हुन् भने छायाड्ढन तथा सम्पादन दानबहादुर श्रीसमगर र मिलन गुरुङले गरेका हुन् । मिलन गुरुङले कलरिड्ड गरेको म्यूजिक भिडियोमा मोडलहरू जुना मगर र दमना रानामगरले अभिनय गरेका छन् ।

यस गीतको म्यूजिक भिडियोको छायाड्ढन गोरखाको पालुङटार नगरपालिका–७, च्याङ्लीमा गरिएको हो । गीतको रेकर्ड भने काठमाडौंको स्थाई डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो । कौह्रालाई दर्शक, स्रोताले मन पराइदिने विश्वास लिएको गायिका रमाले बताइन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %