दिवान घर्तीमगरको “रिघा पर्यो गाउँ”

Read Time:1 Minute, 30 Second

रूद्र श्रीसमगर

पोखरा, कार्तिक १५ – नवोदित गीतकार एवं साहित्यकार दिवान घर्तीमगरले आफ्नो गाउँको परिचय व्यापक बनाउन गीत लेखे र त्यति मात्र नभइ सो गीत रेकर्ड गराए । अनि म्यूजिक भिडियो समेत निर्माण गरेका छन् ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं. ११, रिघाका पर्यटकीय स्थलहरूको प्रचारप्रसारका लागि आफूले गीत लेखेको उनी बताउँछन् । टाइगर्स फिल्मस् प्रालिको प्रस्तुतीमा बजारमा आएको “रिघा पर्यो गाउँ” बोलको गाउँको गीतको म्यूजिक भिडियोको निर्देशन गोविन्द पुनमगरले गरेका हुन् । सो गीतमा गायिका तारा श्रीसमगरले स्वर दिएकी छन् भने गायक एवं संगीतकार नवीन रानामगरले संगीत भरेका छन् ।
 
सोनाम घर्तीमगरको नृत्य निर्देशन रहेको म्यूजिक भिडियोमा एसिया सिंजालीमगर र अस्मिता श्रीसमगरले मुख्य अभिनय गरेका छन् । दानबहादुर श्रीसमगरको छायाङ्कन तथा सम्पादन रहेको सो म्यूजिक भिडियोको कलरिङ मिलन गुरुङ र पुनम पुनमगरले श्रृंगार गरेका हुन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %