इराकबाट एक महिलाको शव ल्याउन कठिन चन्दा संकलनमा सह्योगको अपिल

Read Time:2 Minute, 15 Second

कृष्ण सारू मगर

काठमाडौ,  कार्तिक१५ –  इराकमा आत्महत्या गरेकी कैलाश गाँउपालिका २ बैकुण्ठ मकवानपुरकी (राहदानी न ०८६९४१६) वाहक मृतक लक्ष्मी बल तामाङ्गको शव नेपाल ल्याउन समस्या भएको हो ।

अहिले गाउँमा चन्दा संकलन भईरहेको कैलाश गाउँपालिका २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ तामाङ्गका अनुसार मृतक लक्ष्मीको शव ल्याउन स्वैच्छिक रुपमा गाँउमा १००, २००, ५०० गरी चन्दा संकलन भईरहेको छ । मैले पनि ५ हजार सह्योग गरेँ, वडा अध्यक्ष तामाङले भने, शव ल्याउन झण्डै ४ लाख लाग्ने रहेछ ३, ४ दिनमा बल्ल २० हजार जति मात्रै संकलन भएको छ ।

४ लाख रकम जम्मा हुन यही गतिले महिनौ लाग्ने देखिए पछि शोकमा डुबेका परिवार झन तनावमा परेका मृतक लक्ष्मीकी श्रीमान अशोक बल तामाङ्गले सकेको आर्थिक सह्योग गर्न सबै सँग आग्रह गरेका छन् ।
Image may contain: 1 person, child

स्रोतका अनुसार अवैध बाटो हुँदै गएकि मृतक तामाङ्गकी ५ वर्षीया नावालिका छोरी छन् । परिवारको आर्थिक स्थिति सुधार्न बैदेशिक रोजगारीका लागी सिन्धुपाल्चोकका एक एजेण्ट मार्फत भारतको बाटो हुँदै अवैधानिक रूपमा दुई वर्ष पहिले इराक पुगेकी हुन् ।

मृत्युको खवर इस्लामावाद स्थित नेपाली राजदुतावास बाट कन्सुलर सेवा विभाग काठमाडौं, जिल्ला प्रशासन कार्यालय मकवानपुर हुँदै १५ दिन अघि परिवारमा खबर पुगेको थियो ।
तर लक्ष्मी र परिवार विचको सम्पर्क भने ६ महिना अघि बाटै टुटेको मृतकका परिवारलाई उद्धृत गर्दै वडा अध्यक्ष तामाङले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %