कृष्ण सारू मगर
दोहा-कतार, अक्टोबर २८ – मगर एकता आजको आवश्यकता” भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारले “गरिव तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ” प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७ कार्यक्रम नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष कबिराज मगरको प्रमुुख आतिथ्यतामा सम्पन्न कार्यक्रम संघका साँस्कृतिक संयोजक भुपेन्द्र रिखाम मगरको संयोजकत्वमा सनैया स्थित अल डल्ला ड्राइभिङ्ग स्कुलको हलमा भब्य सम्पन्न भएको छ ।
प्रमुख अतिथि, विशेष अतिथि, सभापतिले संयुक्तरूपमा द्धिप प्रज्वलन पश्चात्, नेपाल मगर संघका संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर तथा नेपालका प्रथम सहिद क्या. लखन थापा मगर एवं ज्ञात अज्ञात सहिद प्रति एक मिनेट मौनपश्चात अौपचारिक कार्यक्रम अगाडि बढेको थियो ।
बलिराजाको पुजा आराधना, देउसी भैलो, संगै विशेषगरी नेपालको पुर्वीय भेगमा लोकप्रिय मानिने हुर्रा नृत्यको विशेषता र महत्त्वका बारेमा हुर्रा नृत्यका सम्योजक डिएन पाङ्गी मगरले प्रष्टाएका थिए ।
विशेष अतिथि २०१७/0१८ का मगर (बाङ्ग) राजा रेशम आले मगर, नेपाल प्रवासी आदिवासीजनजाति महासंघका अध्यक्ष देवराज राई, गैर आवासीय नेपाली संघका अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे, नेपाल प्रवासी आदिवासीजनजाति महासंघका प्रमुख सल्लाहकार समेत रहेका बुद्धिजीवी तथा समाजसेवी सियाराम चौधरी, महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, बसन्त फिल्मस प्रालिका प्रवन्ध निर्देशक तथा पाल्पाली सेवा समाजका अध्यक्ष ईश्वर काफ्ले, गुल्मेली सेवा समाजका अध्यक्ष बुद्धि पाण्डे, धनकुटा सेवा समाजका अध्यक्ष ललित लिम्बू, विभिन्न कृयाशिल संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट समाजसेवी तथा बुद्धिजीवी, विभिन्न मिडियामा आवद्ध स्थानीय पत्रकारहरूलाई पवित्र खादाले अतिथि सत्कार गरेका थिए ।
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे, नेपाल प्रवासी आदिवासीजनजाति महासंघका अध्यक्ष देवराज राई, बुद्धिजीवी तथा समाजसेवी सियाराम चौधरी, धनकुटा सेवा समाजका अध्यक्ष ललित लिम्बू लगायत विभिन्न वक्ताहरूले शुभकामना मन्तब्य राखेका थिए ।
संघकी महिला विभागीय संयोजक ईशोरा थापा मगर तथा डिएन पाङ्गी मगरको संयुक्त संचालनमा संपन्न साँस्कृतिक कार्यक्रमलाई भब्य र सभ्यताको साथ सम्पन्न गराउन संघको निमन्त्रणालाई स्विकार्दै नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष कबिराज मगरको संयोजकत्वमा आएका अतिथि कलाकारहरू मगर साँस्कृतिक संघ पाल्पाका अध्यक्ष सुमन थापा मगर, प्रसाद खप्तरी मगर र चर्चित मोडल तथा नृत्यङ्गना रिना थापा मगरलाई संघको मातहतमा रहेको साँस्कृतिक विभागीक कलाकरहरूले साथ दिएका थिए ।
नेपाली भुगोल, गाउँवेशी तथा नेपाली मौलिक परम्परालाई प्रार्थामिकतामा राख्ने पञ्चेबाजा, सालैजो, सोरठीका सर्जक तथा लोक गायक प्रसाद खप्तरी मगरको आधा दर्जन भन्दा बढी गीत तथा नृत्यले भरपुर मनोरञ्जन लिएका उपस्थित दर्शक तथा पाहुनागणलाई नृत्य निर्देशक सुमन थापा मगर र चर्चित मोडल तथा नृत्यङ्गना रिना थापा मगरको “सान्नानीले झुक्यायो मलाई” गीतको बोलमा रहेको झ्याउरे गीतमा मनोरञ्जन लिएका दर्शकलाई “राम्दी पुल तरने बित्तिकै” गीतको बोलमा द्वय कलाकारको अभिनयले दर्शक दिर्घमा एकाएक सुन्यतामा झारेको थियो ।
प्रमुख अतिथि समेत रहेका मयुर नृत्यकार कबिराज मगरले प्रथम हुर्रा महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै भने, नेपालको गौरव तथा नेपालीहरूको सान, मान र प्रतिष्ठालाई उच्च राख्नुका साथै मगर साँस्कृतिक संघले परम्परागत विभिन्न २५ वटा नेपाली मौलिक राष्ट्रिय पहिचान झल्किने संस्कृतिको संरक्षण-संवर्द्धन तथा प्रवर्द्धनका लागि नेपाल सरकारमा दर्ताको प्रकृयामा लागेको जानकारी दिँदै वैदेशिक शाखाहरूलाई पनि संघको मातहतमा रहने गरि विभिन्न विधाका कलाकारलाई संगठानि एकता बनाउन अपिल गरेका छन् ।
कविराज मगरको संयोजकत्वमा आएका अतिथि कलाकारहरूलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि, विशेष अतिथिको सह्योगमा दोसल्ला तथा पबित्र खादा ओढाउँदै सोही समारोहबीच सम्मान पत्र प्रदान गरेको छ । कलाकार राष्ट्रका गौरव र गहना हुन् भन्दै थप उत्तरोत्तर प्रगतिको कामना गर्दै, कार्यक्रम संयोजक, संघका अध्यक्ष तथा प्रमुख सल्हाकारले संघको लोगो अंकित मायाँको चिनो उपहार दिए ।
संघका प्रथम उपाध्यक्ष अभिमत पुन मगरको स्वागत तथा महासचिव बिजय कुमार मगरको संचालनमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष शेर बहादुर रोका मगरले सभापतित्व गरेका थिए ।
गतवर्ष भुम्या महोत्सव भब्य सम्पन्न गरेको थियो । यसवर्ष हुर्रा महोत्सव मनाएको संघले आगामी दिनहरूमा मगर समुदायका विभिन्न मौलिक परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्दै निरन्तरता दिने आयोजकले जानकारी दिएका छन् ।