कृष्ण सारू मगर
दोहा-कतार, अक्टोबर ८ – नेपाल मगर संघ, शाखा कतारले आफ्नो मातहतमा रहेको महिला बिभागीय सदस्य तथा कला तथा साँस्कृतिक विभागकी कलाकार सीता थापा मगरलाई दोहाको मुन्ताजा पार्कमा स-सम्मान बिदाई गरेको छ ।
संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर, सल्लाहकार सदस्य भिम तरामु मगर, डि.एन. मगर , केशव राना मगर, अशोक आले मगर, दिल मस्राङ्गी मगर रबिन थापा मगर लगायत संघको मातहतमा रहेको विभिन्न विभागीय प्रमुख तथा संघका विभिन्न पद्धेन पदाधिकारीले उक्त विदाई तथा कार्यक्रममा सहभागिता जनाएको समारोहलाई सम्बोधन कलाकार सीता थापा मगरले भनिन् संघबाट प्राप्त सम्मान र यो मायाँको चिनो अमुल्य उपहारलाई सम्हाल्दै आफू भौगोलिक दुरीले टाढा रहेता पनि आफूबाट हुन सक्ने सह्योगलाई कहिल्यै अभाव हुन नदिने प्रतिवद्धता जनाएकि छन् ।
उज्ज्वल भविष्य तथा सफल यात्राको कामना गर्दै क्रमशः उनलाई खादा ओडाएर सहभागी संघका पदाधिकारीहरूले स-सम्मान विदाई गरेको हो ।
कलाकार सीता थापा मगरले विभिन्न कोणबाट संघलाई पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले कदर पत्र, अध्यक्ष शेर ब. रोका मगरको सह्योगमा संघले संघको लोगो अंकित मायाको चिनो प्रदान गरेका हुन् ।
यसैगरी कला तथा साँस्कृतिक विभागका संयोजक भुपेन्द्र रिखाम मगरले मायाको चिनो प्रदान गरेका छन् ।
प्रथम उपाध्यक्ष अभिमत पून मगरको स्वागत तथा महासचिव बिजय कुमार मगरको संचालनमा सम्पन्न विदाई कार्यक्रमको सभापतित्व गरेका संघका अध्यक्ष शेर बहादुर रोका मगरले गरेका थिए ।