केहर सिं श्रीस मगर
युएई, अक्टोबर ४ – नेपाल मगर संघ युएईले ३ महत्वपूर्ण निर्णय गर्दै संघको पूनर्गठन गरेको छ।
गत २९ सेप्टेम्बर शुक्रवार, आबुधाबीको मुरूररोड स्थित संघकि अध्यक्ष शुशी पुलामी मगरको निवासमा, अध्यक्ष पुलामीको अध्यक्षता र नेपाल आदिवासी जनजाति परिषद् युएईका अध्यक्ष मोहन कुमार तामाङको विशेष आतिथ्यतामा बसेको संघको १५ बैठकले, संघका उपाध्यक्ष द्वय सुर्य आले मगर र दिप बुढा मगर युएईको बसाई समाप्त गरी नेपाल फिर्ता हुनुभएको हुँदा रिक्त स्थानमा पदपूर्ति र जिम्मेवार हेरफेर हुनेगरी संघको पूनर्गठन गर्न आवस्यक परेको हुँदा कार्यदक्षता एवं कृयाशिलताको आधारमा संघ पूनर्गठन गरिएको वरिष्ठ उपाध्यक्ष राम थापा मगरले जानाकारी गराएका छन्।
पूनर्गठित कार्यसमिति निम्नअनुसार रहेको छ ।
१.अध्यक्ष शुशी पुलामी मगर
२.वरिष्ठ उपाध्यक्ष राम थापामगर
३.उपाध्यक्ष केशर थापा मगर
४.१८ मगरात प्रमुख एवं उपाध्यक्ष शेर बहादुर घर्ती मगर
५.१२ मगरात प्रमुख एवं उपाध्यक्ष अर्जुन गाराङ्गजा मगर
६.महिला उपाध्यक्ष धन कुमारी थापा मगर
७.उपाध्यक्ष लक्ष्मण बालाम्पाकी मगर
८.महासचिव केहर सिं श्रीस मगर
९.कोषाध्यक्ष प्रमिला थापा मगर
१०.सचीव रितु अस्तानी मगर
११. सचिव बिष्णु राना मगर
१२.प्रवक्ता मेहर थापा मगर
१३.सह- कोषाध्यक्ष कुल बहादुर सारु मगर
१४.संगठन विभाग प्रमुख थमन काउछा मगर
१५.महिला विभाग प्रमुख यशोदा थापा मगर
१६.अनुशासन विभाग प्रमुख थमन काउछा मगर
१७.खेलकुद विभाग प्रमुख पुर्ण सारु मगर
१८.सास्कृतिक विभाग प्रमुख सन्तोष गाह मगर
१९.केन्द्रिय सद्स्य अनिता थापा मगर
२०. ” ” गुना रैका मगर
२१. ” ” रमेश थापा मगर
२२.” ” खेमराज राना मगर
२३.” ” रमेश राना मगर
२४.” ” दिनेश घले मगर
२५.” ” हेयकि आले मगर
२६.” ” लक्ष्मण आले मगर
२७.” ” रमर मगर
२८.” “सपना मगर
२९.” “सुनिल थापा मगर
३०.” ” युव थापा मगर
३१.” ” दान बिमला पोख्रेल मगर
संरक्षक समिती:-
१.प्रमुख संरक्षक यम राना मगर
२.संरक्षक मनोज काउछा मगर
३.मिनु राना मगर
बैठकले थप ३ महत्वपूर्ण निर्णय गरेको छ ।
तपसिल :-
१-८औं महाधिवेशन:- आगामी फेब्रुअरी २३ मा आबुधाबीको केरेला सोसियल सेण्टरमा महाधिवेशन गर्न उपाध्यक्ष केशर थापा मगरको सम्योजकत्वमा ५ सद्स्यिय महाधिवेशन तैयारी समिती गठन गरेको छ, जसमा १८ मगरात प्रमुख एवं उपाध्यक्ष शेर बहादुर घर्ती मगर,महासचिव केहर सिं श्रीस मगर,सचिव रितु अस्तानी मगर र प्रवक्ता मेहर थापा मगर रहेका छन्।
२-माघेसक्राती:- नजिकै आएको माघेसक्राती भव्यरुपमा मनाउन उपाध्यक्ष धन कुमारी थापा मगरको सम्योजकत्वमा ५ सद्स्यिय तैयारी समिती गठन गरिएको छ, जसमा सचिव,बिष्णु राना मगर,सह- कोषाध्यक्ष कुल बहादुर सारु मगर,महिला विभाग प्रमुख यशोदा थापा मगर र केन्द्रिय सद्स्य अनिता थापा मगर रहेका छन् ।
३-प्रथम सहिद स्मृति र ३६औं मगर दिवस:- प्रथम सहिद लखन थापा मगरको १४१औं स्मृती र ३६औं मगर दिवस भव्य र ऐतिहासिक रुपमा मनाउन वरिष्ठ उपाध्यक्ष राम थापाको सम्योजकत्वमा ५ सदस्यीय तैयारी समिती गठन गरेकोछ, जसमा १२ मगरात प्रमुख एवं उपाध्यक्ष अर्जुन गारङ्गजा मगर, उपाध्यक्ष लक्ष्मण बालाम्पाकी मगरप्रवक्ता मेहर थापा मगर र संगठन विभाग प्रमुख यसोधा थापा मगर रहेका छन्।