एनआरएन अन्तराष्ट्रिय पत्रकारिता २०१७को पुरस्कार कार्की र पोखरेलले पाउने

Read Time:2 Minute, 43 Second

कृष्ण सारू मगर
Image may contain: 2 people, sunglasses

लण्डन, ४ अक्टोबर गैर आवासीय नेपाली संघ युके र नेपाल पत्रकार महासंघ युके शाखाको सक्रियतामा स्थापना गरिएको ‘एनआरएन अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार २०१७’ को पत्रकार द्धय नविन पोखरेल र होम कार्कीले पाउने भएका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा गठित पुरस्कार छनौट समितिको आइतवार सम्पन्न बैठकले पोखरेल र कार्कीलाई सो पुरस्कार दिने निर्णय गरेको हो । छनौट समितिका अन्य सदस्यहरुमा पत्रकारद्वय बविता वस्नेत र भगीरथ योगी रहेका थिए ।

हामीलाई प्राप्त जानकारीअनुसार काठमाडौंमा हुने गैर आवासीय नेपाली संघको विश्व सम्मेलनका क्रममा नेरू १,१०००/- अक्षरूपि (एकलाख एक हजार) राशीको पुरस्कारबाट पोखरेल तथा कार्कीलाई संयुक्तरुपमा काठमाडौंमा प्रदान गरिने कार्यक्रम रहेको नेपाल मगर पत्रकार संघका संस्थापक अध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघ शाखा वेलायतका अध्यक्ष नरेश खपांगी मगरले राज्यसत्ता डटकमका कृष्ण सारू मगरलाई जानकारी दिए ।

उक्त पुरस्कारको औपाचारिक घोषणा पत्रकार महासंघले छिट्टै सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।

विशेष गरि मानवीय चासो र विकृति विसंगति बारे बेलायत स्थित रिपोर्टिङ्ग, नेपाली समुदायमा चासो राख्ने कान्तिपुर दैनिकका बेलायत संवाददाता नवीन पोखरेलले मुलधारको नेपाली पत्रकारितामा विगत डेढ दशक देखि नियमित क्रियाशिल स्वच्छ छवि बनाउन सफल पत्रकार पोखरेल आफ्नो व्यवसायिक दक्षता, मिलनसार र इमान्दारिताले मानिन्छन् । उनी नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष समेत हुन् ।

कार्कीले कतारमा लामो समय सम्म कान्तिपुर दैनिकमै कार्यरत खाडी क्षेत्रका नेपालीहरूको विषयमा कलम चलाउने पत्रकार हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %