कतारमा प्रवासी भुजेल समाजले चौथो अधिवेशन गर्दै

Read Time:2 Minute, 21 Second

कृष्ण सारू मगर

दोहा-कतार,
मध्ये पुर्वीय राष्ट्र दोहाको कतारमा विशुद्ध समाजिक अवधारणा बोकी २०१० मा नेपाल आदिवासीजनजाति महासंघको भातत्री संस्थाको रूपमा स्थापित “भुजेल जातिको विकास र उन्नतिको आधार ! साँस्कृतिक चेतना, शिक्षा र रोजगार !!” भन्ने नाराका साथ प्रवासी भुजेल सेवा समाजले यहि आउँदो १३ अक्टोबर २०१७ सुक्रबारका दिन गार्डेन भिलेज रेष्टुरेन्टको सभाहलमा अधिवेशन कार्यक्रम गर्ने भएको छ ।

उक्त महादिवेशन कार्यक्रमलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार तथा विभिन्न मिडियामा आवद्ध पत्रकार बन्धु, महिला तथा सज्जन बृन्द ज्यूहरू चौथो अधिवेशन कार्यक्रमलाई भब्य र सभ्य सम्पन्न गराउन प्रवासी भुजेल सेवा समाजले सम्वन्धित सबैमा सादर निमन्त्रणा गरेको छ ।

यदि प्राविधिक समस्याको कारणवस उक्त अधिवेशन कार्यक्रमको पत्राचार निमन्त्रणा पत्र यहाँहरू समक्ष प्राप्त नभएको खण्डमा यसै सुचनाको आधारमा यहाँहरूले गरिमामय उपस्थिति भई दिनु हुन समाजका महासचिव शिव भुजेलले हामीलाई जानकारी दिए ।

श्रोतका अनुसार कतारलाई कर्मभुमीको रूपमा बस्नु हुने विभिन्न पेशा, ब्यावसाय, एवं समस्त भुजेल तथा गैर भुजेल आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूले महादिवेशन कार्यक्रममा उपस्थितिका लागि प्र.भु.से.स. परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %