बहराईनमा नमस्ते इन्टरटेन्मेन्टको पहिलो साँङ्गितक साँझ हुँदै

Read Time:1 Minute, 58 Second

 कृष्ण सारू मगर

मानमा-बहराईन २६ सेप्टेम्बर ,

राज्य र विद्रोही पक्षको द्वोन्दमा परी परिवार गुमाएका बालबालिकाहरुको शैक्षिक सह्योगार्थ नमस्ते इन्टरटेन्मेन्ट बहराइनले यहि आउँदो ६ अक्टोबर २०१७ शुक्रबारका दिन अदेलिया स्थित वाङ्गसाङ्ग थाई रेष्टुरेन्टको हलमा “शिक्षाका लागि एक साँझ” साङ्गितिक कार्यक्रम गर्ने भएको छ ।

द्वोन्दमा परिवार गुमाएका वालवालिकाको रेखदेख एकिक्रित शिर्जनशिल समाज नेेेेपालले गर्दै आईरहेको छ । उक्त कार्यक्रममा नेपालको चर्चित ब्यान्ड मंगोलियन हार्टका प्रख्यात गायक राजु लामा र स्थानिय कलाकारको बेजोड प्रस्तुती हुने भएको छ ।

नेपाली मौलिक कला तथा संस्कृति झल्किने विभिन्न साँङ्गितिक प्रस्तुतिहरु रहने भएकोले उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन बहराईनमा स्थापित सम्पुर्ण क्रियाशील विभिन्न संघ, संस्था संगठन, उधोग, ब्यावसायी, समाजसेवी तथा बुद्धिजीवी विभिन्न मिडियामा आवद्ध पत्रकारवन्धु साथै रोजगारीका शिलशिलामा बहराईनलाई कर्मभूमी बनाउँदै रहनु हुने समस्त गीत संगीत पारखी आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा गरिमामय उपस्थिका लागि सम्वन्धित सबैमा नमस्ते ईन्टरटेनमेन्ट आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %