कतारमा तनहुँ सेवा समाजको नेतृत्वमा मगर भए निर्विरोध

Read Time:4 Minute, 40 Second

कृष्ण सारू मगर

दोहा-कतार, अक्टोबर ३ – दोहाको सनैया स्थित रोटना होटलको सभाहलमा तनहुँ सेवा समाजले नेपाली राजदूतावासका श्रम सहचारी नरेन्द्र ज्ञवालीको प्रमुखआतिथ्यतामा सम्पन्न १०औं अधिवेशनको सम्पन्न गरेको छ ।

 १०औं अधिवेशनका पदाधिकारीहरू निम्न तपशील रहेका छन् ।
अध्यक्षमा केश बहादुर गुर्मछान मगरलाई सर्वसम्मतिले निर्विरोध चयन भएका हुन् । प्रथम उपाध्यक्ष नारायण ढुङ्गाना, द्धितिय उपाध्यक्ष मिनराज वि.क. र तृतिय उपाध्यक्षमा मन कुमार श्रेष्ठ मनोनीत भएका छन् ।
महासचिवमा पदम गिरी र सचिव संगम पाण्डे भए । भने कोषाध्यक्ष गणेश क्षेत्री र सह-कोषाध्यक्षमा पदम ब.रानाभाटलाई महत्त्वपूर्ण जिम्मेवारी दिएका छन् ।
यसैगरी सदस्यहरूमा नन्दसिं थापा, बद्रि बगाले, विकाश भुजेल,मधुराम पौडेल,रूप बहादुर वि.क सुनिल नेपाली,गोविन्द प्रसाद सुवेदी चयन भएका छन् ।

गैर आवसीय नेपाली संघ आईसीसीका टि.बि,कार्की एनसीसी कतारका का.बा. अध्यक्ष सुदर्शन भट्ट, मुक्तदा मुसलमान, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्र. बन्जाडे नेपाली संघिय समाजवादीका सह-अध्यक्ष हिराधन राई, रामहरी गैह्रे, राम सुयल, हुसेन खान, मोहन कार्की, रेशम पौडेल, तानविर आलम, केबी हमाल, कृष्ण बराल, ईश्वर काफ्ले, विभिन्न मिडियामा आवद्ध पत्राचार वंधु लगायत विभिन्न समाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनि बुद्धिजीवी, समाजसेवीहरूले बाक्लो उपस्थिति जनाएका थिए ।

रेशम तामाङ्गको स्वागत तथा बलराम गैह्रेको संचालनमा सम्पन्न १०औं अधिवेशनलाई सस्थाका अध्यक्ष पदम बहादुर वि.क.ले सभापतित्व गरेको समारोहमा तनहुँ जिल्लाको पृष्ठभूमि र तनहुँ सेवा समाजको बारेमा नेपाल र नेपालीहरूको स्वाभिमान र ऐतिहासिकताका बारेमा तनहुँ जिल्लाको विविध विषयमा नबराज बि.क.ले प्रष्टाएका थिए ।
Image may contain: 12 people, people standing and indoor

कतारमा स्थापित विभिन्न कृयाशील सामाजिक संघ, सस्थाहरुले समाजिक कार्यमा गरेको मानवीयताको महत्वपूर्ण भूमिका प्रति निकै खुसी र सन्तुष्ट रहेको बताउँदै प्रमुख अतिथि नरेद्र ज्ञवालीले श्रमिकहरूको हितमा दूतावास सदैव सकारात्मक रहेको बताएका प्रमुख अतिथि ज्ञवालीले थप्दै भन्नू भयो श्रमिक नेपालीहरूका समस्या पहिचान गरी समाधान गर्नमा सामाजिक संस्था बाट प्रोत्साहन मिलेको भन्दै तनहुँ सेवा समाजले गरेका हरेक कार्यहरू प्रेरणाको स्रोत भएको बताए ।

मन्तब्यको क्रममा विभिन्न वक्ताहरूले आ-आफ्नो धारणा राख्दै अझ उत्तरोत्तर प्रगतिको कामना सहित नवनिर्वाचित पदाधिकारीहरूलाई अग्रिम शुभकामना दिएका थिए । समाजलाई विभिन्न कोणबाट सह्योग पुर्‍याउने सबैलाई संघका अध्यक्ष पदम बहादुर बि.क. प्रमुख अतिथि, विशेष अतिथिको सह्योगमा समाजले सम्मान पत्र प्रदान गरेको हो ।

अधिवेशनलाई भब्य, सभ्य सम्पन्न गराउन मितेरी साँस्कृतिक फिल्मका अध्यक्ष रित कुमार श्रेष्ठ, राजेश तिमल्सिना, युवराज खत्री, प्रहसन, सन्दिप रानाभाट, राजन पाण्डेका विविध साङ्गितिक प्रस्तुतिले उपस्थित सम्पुर्ण पाहुनागणलाई भरपुर मनोरञ्जन गराएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %