बाबुरामको भबिश्य माओबादीमै छ : नेता पुन ( भिडियो अन्र्तबार्ता सहित)

Read Time:2 Minute, 41 Second

बिप्लब र किरण पनि मुलपार्टीमै फर्किनु पर्छ

 देब पचभैया

पाल्पा, असोज ८

 नेकपा माओबादी केन्द्रका नेता बर्षमान पुन (अनन्त)ले नया शतिmका नेता बाबुराम भट्राईको भबिश्य माओबादीमै रहेको बताउनुभएको छ । मान्छेले बाबुरामलाई माओबादी बाहेक अन्त गएको हेर्न नचाहेको भन्दै उहाले

माओबादी पार्टीमा बाबुरामको लगानी भएकाले पुरानै पार्टीमा फर्किन  आग्रह गर्नुभएको छ । सहकर्मी देब पचभैया संगको कुराकानीमा नेता पूनले माओबादीमा नआए स्वतन्त्र बुद्धिजिबि भई पढेर,  लेखेर र कार्यपत्र लेखेर बस्नुनै बाबुरामको लागी उत्तम हुने सुझाब दिनुभयो ।

पmरक किशिमको आन्दोलन गर्ने भन्दै टाढिएका नेता नेत्र बिक्रम चन्द (बिप्लब ) ले पनि केही गर्न नसक्ने दाबी गर्नुभयो । गगन खड्का, जिबन, महेन्द्र केसी लगाएतका उहाका केन्द्रिय नेताहरु पार्टीमा फर्किएकाले बिप्लब पनि पुरानै घरमा फर्किनुको बिकल्प नभएको  नेता पुनको भनाई छ । स्थानिय तहको निर्वाचनमा एउटा वडामा मात्रै  जितेको नेता किरण (मोहन बैद्य) पनि खुम्चिदै गएकाले धुब्रिकृत भएर पार्टीमै नफर्किने हो भने एउटा कोठामा बसेर बिज्ञप्ती निकाल्नुको बिकल्प नभएको जिकिर गर्नुभयो ।

पार्टीका कुनै पनि नेता संग खटपट नभएको भन्दै पूर्ब अर्थमन्त्री समेत रहनुभएका नेता बर्षमानले केही पत्रकारले आफ्ना संचारसस्थालाई पपुलर बनाउन हावादारी कुरा लेखिदिएर पार्टीका नेता संगको सम्बन्ध बिगार्ने प्रयास गरेको  आरोप लगाउनुभयो । पत्रकारीता जगत बाट पिडित मध्ये म पनि एक हु, नेता पुनले भन्नुभयो केही बरिष्ठ पत्रकारले समेत अन्र्तबार्ता नदिएका बिषयमा अन्र्तबार्ता छापिदिनुभएको छ ? खण्डन गरु कहा जाउ ? समय नि नहुने , उहाको प्रश्न थियो नगरु छापिसकेको हुन्छ ।
(हेरौ अन्र्तबार्ता )

 

{youtube}https://youtu.be/v00FxHPsuwQ{/youtube}

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %