दोश्रो मायादेवी खुल्ला भलिवल प्रतियोगिता–२०७४ को उपाधी मणिमुकुण्ड क्लव बुटवललाई

गोविन्द घर्ती
Image may contain: one or more people, people playing sports, tree, sky, basketball court, outdoor and nature

भाद्र १८ । दोश्रो मायादेवी खुल्ला भलिवल प्रतियोगिता–२०७४ को उपाधी मणिमुकुण्ड क्लव बुटवलले हात पारेको छ ।

उज्जवल युवा क्लव देवदह–८, वंगालीले दोश्रो मायादेवी खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको फाईनल खेलमा व्रेव गोर्खालाई हराउदै मणिमुकुण्ड क्लव बुटवले उपाधीस् हात पारेको हो । प्रतियोगितामा मणिमुकुण्ड क्लव बुटवले २५–१८, २५–२०, १५–१२ को तिल सेट जित्दै उपाधी हात पारेको हो । त्यसैगरी व्रेव गोर्खा बुटवलले २५–२३, २५–२३ मा दुई सेटमा चित्त बुझाउदै प्रतियोगिताको दोश्रो भएको छ ।

प्रतियोगितामा मणिमुकुण्डले आयोजक रातोलाई र व्रेव गोर्खाले आयोजक निलोलाई हराउदै फाईनलमा प्रवेश गरेको हो । प्रतियोगिताको उपाधी संगै प्रथम हुने मणिमुकुण्ड क्लव बुटवलले ५५ हजार नगद ट्रफी र दोश्रो हुने व्रेव गोर्खाले ३० हजार नगद र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । क्लवले हरेक बर्ष मायादेवी खुल्ला भलिवल प्रतियोगिता गर्दै आईरहेको छ ।