कसैलाई के नदिनु

अस्मिता न्यौपाने
Image may contain: 1 person, stripes and closeup

अपमान नदिनु पाऊनालाई
ईज्जत घरको गईदेला
आत्मा नदिनु पराईलाई
बिश्वास घात भईदेला

बचन नदिनु गरिबलाई
आशा झन उसको बढिदेला
प्रोत्साहन नदिनु धनीलाई
टाउको माथि चढिदेला

बास नदिनु अन्जानलाई
सबथोक तिम्रो उडाईदेला
साथ नदिनु घमण्डीलाई
कोमल त्यो मन दुखाईदेला

भवना नदिनु कपटीलाई
खेलवाड उसले गरीदेला
माया नदिनु स्वार्थीलाई
मनभरी घाउ भरिदेला

उपदेश नदिनु मुर्खलाई
तिमीमाथि नै हाँसीदेला
धन नदिनु आफन्तलाई
बेकार त्यसै मासिएला

धोका नदिनु प्रेमलाई
अस्तित्व तिम्रो हराईदेला
साथ नदिनु भाग्नेलाई
तिमीलाई नै एकालो बनाईदेला