सञ्जय सिंजालीमगर
काठमाण्डौं, भदौं ११- महान बिचारक गोरेबहादुर खपाङ्गीको प्रथम बार्षिकी स्मृति दिवस नेपाल प्रज्ञा प्रतिष्ठान हल, कमलादी, काठमाडौंमा भव्य सम्पन्न भयो ।
जीवी फाउन्डेशनका अध्यक्ष हुमबहादुर थापा पचभैया मगरको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि एवं कार्यवाहक प्रधानमन्त्री बिजयकुमार गच्छदारले उद्घाटन गर्नुभयो ।
महान विचारक गोरेवहादुर खपांगी, सडक दुर्घटनादेखि समाधिसम्म भन्ने पुस्तकसमेत विमोचन गर्दै कार्यवाहक प्रम गच्छदारले भन्नुभयो, ‘मधेशी लगायत जनजाती समुदाय तथा उत्पीडित समुदायलाई सरकारले समेट्न सकेको छैन । त्यसको लागि हामी एक जुट हुनु आवश्यक छ र अहिले हामी मिलेर बसेका छौं ।’
विशेष अतिथिमा पूर्वमन्त्री देवीप्रसाद ओझा नेता खपाङ्गीसंगको सहयात्री जीवनको बारेमा प्रष्ट पार्दै भन्नुभयो, ‘नेता खपाङी कहिलै पनि बाहुन बिरोधी हुनुहुन्थेन, उहाँ त केवल ब्राहमणबादको बिरोधी हुनुहुन्थ्यो । हामी कैयौंपटक भोकभोकै पनि हिड्यौं, उहाँ भोकै अवस्थामा पनि झोलामा एउटा पुस्तक बाक्नुहुन्थ्यो । आज उहाँ मरेर जानुभयो तर उहाँका सम्झना अझै हामी माझ रहिरहनुहुनेछ । बास्तवमा उहाँ नेपालका लागि महान नेता हो, उहाँका योगदानलाई नेपाल सरकारले कदर गर्नुपर्छ ।’
अन्य बिशेष अतिथिहरुमा पूर्व प्रधानन्यायाधीस केदार गिरी, नेता खपांगीका धर्मपत्नी विद्या खपांगी हुनुहुन्थ्यो । अतिथिहरुमा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष नबीन रोकामगर, नेपाल मगर संघका पूर्वअध्यक्ष क्या. यमबहादुर बुढाथोकीमगर, नेपाल मगर बुद्ध सेवा समाजका अध्यक्ष क्या. देउबहादुर राना मगर, पूर्व ब्रिगेडियर जनरल श्यामबहादुर थापामगर, मित्रसेन प्रतिष्ठानका अध्यक्ष त्रिलोक सिं थापा, यूके मगर संघका उपाध्यक्ष अनिता रानामगर, नेपाल मगर संघका संस्थापक महासचिव सुरेश आलेमगर, फाउण्डेशनका सल्लाहकार मगर भिक्षु मधेङकर, आदिबासी जित बहादुर सिंजाली प्रतिष्ठानका अध्यक्ष संजोग लाफामगर, मगर क्रियशन कम्पनीका सचालक आर्शिबाद पुनमगर साथै बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीको उपस्थित रहेको थियो ।
त्यसैगरी, फाउण्डेशनका अध्यक्ष हुम थापाले बोस्टन मगर समाज अमेरिकाले पठाएको एक लाख रुपैयाँ मगर अध्ययन केन्द्र अध्यक्ष डा. गोबिन्दप्रसाद थापामगरलाई हस्तान्तरण गर्नुभयो । उक्त रकम मगर अध्ययन केन्द्रले मगरजातिबारे सटिक ग्रन्थ सुचि एक पुस्तक प्रकाशन गर्ने र त्यस पुस्तक बिक्रि बितरण वापत आएको रकम खपाङ्गी फाउण्डेशनमा अक्षयकोष स्थापना गरी प्रत्येक बर्ष खपाङ्गी शिक्षा पुरस्कारमा खर्च गरिने टिओआरमा उल्लेख छ ।
कार्यक्रमको समापनको क्रममा सभापति एवं जीवी फाउन्डेशन अध्यक्ष हुमबहादुर थापा पचभैया मगराले नेता खपाङ्गीको व्यक्तित्व, कृतित्व, राजनितिक, सामाजिक, सांस्कृतिक, भाषिक, शैक्षिक, साहित्यक चिन्तन र बिचारको खोज अध्ययन, अनुसन्धान, अन्बेषण गरी अभिलेख एवं संग्रह गर्ने बताउनु भयो । त्यस्तै नेता खपाङ्गी स्मृतिमा वहाँको नामबाट प्रतिभाशाली, गरिब तथा जेहेन्दार छात्रबृति स्थापना गरी प्रदान गर्ने बताउनु भयो । नेपालको सामाजिक, सांस्कृतिक, भाषिक, शैक्षिक, साहित्यक र खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई नेता खपाङ्गीको नामबाट स्मृति पुरस्कार र प्रतिभा पुरस्कार स्थापना गरी प्रदान गर्ने बताउनु भयो ।
कार्यक्रम सञ्चालन फाउण्डेशनका सचिव भाबेश भूमरीले गरेका थिए भने स्वागत मन्तव्य फाउण्डेशनका सदस्य एबं अधिबक्ता मोहन शासंकरले गरका थिए भने विमोचित पुस्तकबारे संक्षिप्त जानकारी लेखक नन्दबहादुर घर्तीमगरले गरेका थिए ।
{facebook}1392937264089131{/facebook}
फोटो:संजय सिंजाली मगर
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
महान बिचारक गोरेबहादुर खपाङ्गीको प्रथम बार्षिकी स्मृति दिवसको फोटो झलक.