कृष्ण सारू मगर
दोहा-कतार, अगष्ट १२ – एनआरएनए कतारको अधिवेशन नजिकै गर्दा दोहामा उमेद्वारी दिनेको भिड लाग्ने गरेको छ l सातौं अधिवेशनको लागी उमेद्वारी दिने क्रमसंगै अर्घाखाँचीका तनहुँका नवराज बिकले पनि एनआरएन कतारको महासचिव पदमा उमेद्ववारी दर्ता गरेका छन् l
गैर आवसीय नेपाली सघंको अभियानलाई निरन्तरता दिदै पार्षद सदस्यको रुपमा (२०११–२०१३) कार्यकालमा साहित्य विभागको उपप्रमुख, त्यसै गरी (२०१३–२०१५) कार्यकालमा युवा संयोजक साथै बर्तमान (२०१५–२०१७)मा गैरआवसीय नेपाली सघं अन्तर्राष्ट्रिय समन्वय परिषदको मिडिया पब्लिकेसन सेन्टर सदस्य (MPC)मेम्बरको जिम्मेवारीलाई सफलता पुर्वक सम्हाली सकेका स्थानीय घर तनहुँका बि.कले एक दशकको अवधिमा विभिन्न सामाजिक संघ सस्थाहरुको अनुभव, ज्ञान र शीपलाई संगाल्दै तमाम श्रमिकहरुको हितमा कृयाशिल रही समस्त नेपाली समुदायको भावनालाई कदर गर्दै नेपाल र कतार बिचको द्धौत्य सम्बन्धलाई प्रगाढ बनाउदै संस्थाको हित र मुल्य मान्यतालाई आत्मसाथ गर्दै महासचिव पदमा उम्मेदवारी दिएका बि.क.ले समस्त पञ्जिकृत सदस्यहरुमा अमुल्य मत दिई विजय गराउन हार्दिक अपिल छन् ।
महासचिवमा नै उम्मेद्वारी किन ?
१, रोजगारीको शिलशिल कतारमा आई ठगीमा परेका शोषित पिडित नेपालीहरुको हितमा समस्या पहिचान गरी समाधानका लागि पहल गरिनेछ ।
२, कतारमा स्थापित विभिन्न सामाजिक संघ सस्थाहरु संग समन्वय, सहकार्यता गर्दै रचनात्मक तथा अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्नमा जोड दिइने छ ।
३, कतारमा कार्यरत श्रमिक नेपालीहरु लाई यहाँको कानुन, भाषागत ज्ञान, ट्राफिक नियम, सेफ्टि तालिम, नेत्तृत्व अभिवृद्धि तथा शीप र क्षमता विकास तालिम लगायत सम्बन्धि बस्तुगत अवस्थाको सुष्म अध्यन गरि प्रत्यक्ष रुपमा लाभान्वित बनाउन लागी जोड दिइनेछ ।
४, नेपाली कला संस्कृति साहित्य तथा खेलकुद जस्ता प्रत्यक्ष क्षेत्रमा सहभागिता बढाउन पहल गर्दै अन्तराष्ट्रिय स्तरमा परिचित गराउन प्रयत्न गरिने छ ।
५, नेपाली संस्कार, संस्कृतिको संरक्षण-सम्वर्द्धन तथा प्रवर्द्धनलाई स्थापना गर्न तिब्रता दिनुका साथै नेपालको पर्यटन क्षेत्रको ब्यापक प्रचार प्रसार गर्न जोड दिइने छ ।
सामाजिक यात्राको क्रममा प्रवासमा नेपाली समुदायबाट हरेक दुःख सुखमा साथ र समर्थन निरन्तर रुपमा पाएका उनले विश्व सञ्जालमा फैलिएको यस गैर आवसीय नेपाली सघंको उद्धेश्य प्राप्तिका लागी एनआरएनए एनसीसी कतारको महासचिव पदमा आफ्नो उम्मेदवारी दिएका बि.क.ले सम्पुर्ण गैर आवसीय नेपालीहरुको हित र प्रगतीको पक्षमा विशुद्ध समाजिक भावनाले अगाडी बढ्ने विश्वासलाई सफल बनाउन पुर्ण अपेक्षा निम्न र उद्धेश्य प्राप्तिका लागी उनले आफ्नो उम्मेदवारी दावी गर्दै प्रतिबद्धता यसरी सार्वजनिक गरेका हुन् ।
सम्पूर्ण पार्षद् सदस्यहरुसंग नजिक बाट नियाल्दै जीवनमा महत्वपुर्ण पाठ सिक्ने अवसर समेत पाएकोमा सबैमा कृतज्ञ प्रकट समेत गरेका छन् ।