‘मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार’ घोषणा

Read Time:2 Minute, 10 Second

रूद्र श्रीसमगर
Image may contain: 6 people, people sitting and indoor

पोखरा, साउन २४ – राष्ट्रिय मौलिक कौरा संरक्षण समिति नेपालले पत्रकारितामार्फत् कौरा नाचको संरक्षणमा योगदान पुर्याउने एक जना पत्रकारलाई पुरस्कृत गर्न ‘मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार’को घोषणा गरेको छ ।

नेपाल मगर पत्रकार संघ कास्की शाखाले सञ्चालन गर्ने गरी हरेक वर्ष कौरा संरक्षण समितिको स्थापना दिवस जेठ १५ गते सो पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिनुभयो । मगर पत्रकार संघ कास्की शाखा र कौरा संरक्षण समितिको मंगलबार सम्पन्न संयुक्त बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि पाँच हजार पाँच रुपैयाँ रहनेछ ।
Image may contain: 8 people, people smiling, people standing

पुरस्कार घोषणाले मगर जातिको मौलिक संस्कृतिका रुपमा रहेको कौरा नाचको संरक्षण एवं प्रवद्र्धनमा कलम चलाउने पत्रकारहरूलाई उत्साहित बनाएको मगर पत्रकार संघ कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगरले बताउनुभयो । पुरस्कार आगामी वर्षदेखि प्रदान गरिने हितानमगरले बताउनुभयो । 

संयुक्त बैठकमा सांस्कृतिक अभियन्ताहरू तारामाया थापामगर, नरमाया आलेमगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, केन्द्रीय सचिव मनोज घर्तीमगर र नेपाल मगर संघ कास्कीका कोषाध्यक्ष कुमार थापामगरले पुरस्कारले सबै पत्रकारलाई कौरा नाचको संरक्षण र प्रवद्र्धनका लागि कलम चलाउन प्रोत्साहन गर्ने धारणा राख्नुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %