भारतीय माओवादीलाई तालिम दिएका छैनौं : माओवादी सेना

काठमाडौं, आश्विन २६

माओवादी सेनाले भारतीय माओवादीलाई नेपालका माओवादी सेनाले तालिम दिएको समाचारप्रति

आपत्ति जनाएको छ । समाचार भ्रामक, नियोजित र कपोलकल्पित भएको उसको टिप्पणी छ ।

माओवादी सेनाले तालिम दिइरहेको भन्ने समाचारप्रति जनमुक्ति सेनाको गम्भीर ध्यानाकर्षण

भएको छ, माओवादी सेनाका प्रमुख नन्दकिशोर पुनले मंगलबार विज्ञप्ती जारी गर्दै भनेका छन्,  यस

प्रकारको नियोजित, भ्रामक एवम् कपोल्कल्पित निर्देशन तथा प्रसारित समाचारप्रति खेद व्यक्त गर्दै

घोर भर्त्सना गर्दछौं ।

सरकार निर्माणमा भएको गतिरोध, संविधान निर्माण प्रगतिशुन्य भइरहेको तथा भारतीय राजदूतको

शंकास्पद भ्रमण भइरहेकाबेला सार्वजनिक खबरप्रति माओवादी सेना गम्भीर रहेको विज्ञप्तीमा

उल्लेख छ ।