फुटवलको उपाधी जनता माबिलाई

Read Time:1 Minute, 3 Second

देव पचभैया

पाल्पा, साउन २३ – तानसेनमा सम्पन्न बिधालय स्तरिय फुटवल प्रतियोगितामा जनता माबि पहिलो भएको छ ।

पाल्पा जिल्ला फुटवल संघको आयोजनामा तानसेन टुडिखेलमा आईतवार सम्पन्न फाइनलमा खेलमा न्यु होराईजन माबिलाई ३ का बिरुद्ध ४ गोलले हराउदै जनता माबि पहिलो भएको हो ।

बिजयी खेलाडी र बिधालयलाई तानसेन नगरपालीकाका मेयर अशोक कुमार शाही र गोरखदल गण पाल्पाका गणपति जयन्द्र केसीले पुरस्कार प्रमाणपत्र बितरण गर्नुभयो । प्रतियोगिता १२ गते देखि सुरु भएको हो । एन्फा पाल्पाका अध्यक्ष भीमसेन कार्कीको अध्यक्षता र महासचिब भरत शर्माको संचालनमा कार्यक्रम भएको उपाध्यक्ष मनोहर थापाले जानकारी दिनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %