तामाङ लोककथाको पहिलो संस्करण ‘नम्दरदिम रि’ सुरु

Read Time:4 Minute, 45 Second

रूद्र श्रीसमगर
Image may contain: 4 people, people sitting

पोखरा, साउन २१ – तामाङ लोक कथाको पहिलो संस्करण ‘नम्दरदिम रि’ सुरु भएको छ । लोकोत्तर लोकवादी विचार समूहले पोखरामा शनिबार आदिवासी सांस्कृतिक (आसा) अभियान अन्तर्गत मौलिक गीत संगीतबारे चर्चा परिचर्चा चलायो ।

सो अवसरमा कार्यक्रमका स्रष्टा नायक गीतकार तीर्थ तामाङले नेपाली गीत संगीतको मौलिकता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भबारे आफ्नो विचार प्रस्तुत गर्नुभयो । ‘हामी आदिवासी जनजाति समुदाय राज्यको मूल प्रवाहबाट सीमान्तकृत भएजस्तो संगीतको पनि एउटा विधा सीमान्तकृत भएको छ’, उहाँले अघि थप्नुभयो, ‘खासगरी, बालबालिका निम्ति हामीले गीत गाएकै छैनौं र बनाएका पनि छैनौं ।’ बालबालिकालाई वयस्क उमेर समूहकाले सुन्ने गीत संगीत नै सुनाइएको भन्दै गीतकार तामाङले यसले बाल मनोविज्ञानमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो । कार्यक्रममा युवा पुस्ताको सहभागिताले आफू उत्साहित भएको तामाङको भनाइ थियो ।

नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष एवं लोकोत्तर लोकवादी विचार समूहका संयोजक धनप्रसाद तामाङले लोकोत्तर लोकवादी विचार भौतिकवादी विचार भएको उल्लेख गर्नुभयो । ‘लोकोत्तर लोकवादी विचार एउटा भौतिकवादी विचार हो’, तामाङले थप्नुभयो, ‘हाम्रो दर्शन र संस्कृतिमा भौतिकवादी बहसका रुपमा यो विचार आएको हो ।’ तामाङ जातिमा कैयन् लोक आख्यान रहेको चर्चा गर्दै उहाँले तामाङ दर्शनबारे भौतिकवादी दृष्टिकोण अघि सारिएको बताउनुभयो ।

नेपाल तामाङ घेदुङ प्रदेश नम्बर चारका अध्यक्ष दीपक वाइबा तामाङले आदिवासी तामाङ समुदायले आफैंभित्र रहेको सम्पत्ति चिन्न नसकेको धारणा राख्नुभयो । ‘हामीले आफैंलाई चिन्न सकेनौं, हाम्रो पहिचानलाई पहिल्याउन सकेनौं’, उहाँले भन्नुभयो, ‘तर, आफूभित्र भएको सम्पत्ति नचिनेर अन्यत्रै भौंतारिरÞयौं ।’ आदिवासी जनजाति सभ्यताको पुनर्जागरणका लागि लोकोत्तर लोकवादी विचार आएको बताउँदै तामाङले मौलिक पहिचान खोज्ने बेला आएको उल्लेख गर्नुभयो ।

नेपाल मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगरले आदिवासी जनजाति इतिहासको पुनव्र्याख्या गरिनुपर्ने उल्लेख गर्दै आदिवासी जनजातिको संस्कृति अन्य संस्कृतिबाट अतिक्रमित बनेको दाबी गर्नुभयो । ‘हाम्रा भाषा, संस्कृति बाÞय संस्कृतिबाट अतिक्रमित भएका छन्’, पत्रकार समेत रहेका श्रीसमगरले भन्नुभयो, ‘हामीले नै हाम्रो मौलिकता बचाउने हो, यसतर्फ सबैको बौद्धिक वर्गको ध्यान जानु आवश्यक छ ।’ आदिवासी जनजाति संस्कृति र भाषा, साहित्यबारे नियमित परिचर्चा गरिनुपर्नेमा जोड दिँदै श्रीसमगरले प्राज्ञिक विकास नभएसम्म आदिवासी जनजाति वाङ्मयले फड्को मार्न नसक्ने उल्लेख गर्नुभयो ।

नाङसाल तामाङ समाजका अध्यक्ष चन्द्र ग्याबक तामाङले अब हरेक हप्ता विभिन्न विषयमा बहस र अन्तरक्रिया गरिने उल्लेख गर्नुभयो । ‘यो हाम्रो सुरुवात हो, आज हामीले गीत संगीतका बारेमा चर्चा गर्यौ, तामाङले भन्नुभयो, ‘हामी आगामी हप्तामा साहित्य, राजनीति लगायतका विषयमा अन्तरक्रिया गर्नेछौं ।’ कार्यक्रममा गायक अविनाश तामाङ र गायिका याङ्जी तामाङले सांगीतिक प्रस्तुती राख्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %