तेह्रथुम समाज यूके द्धारा क्यान्सर पिडितलाई २ लाख सहयोग

Read Time:3 Minute, 39 Second

सुरेन्द्र इङ्नाम 
Image may contain: 6 people, people standing and indoor
केन्ट, बेलायत –
गत २८ जुलाई २०१७ को दिन याक्थुङ् चुम्लुङ् हिम, धरानमा तेह्रथुम समाज यूकेका प्रतिनिधि मोहन हुक्पा चोङ्बाङ्को माताहतमा तेह्रथुम समाज यूकेको सम्योजनमा सङ्कलन भएको करिब २ लाख रुपैया क्यान्सर पिडितलाइ दिला इङ्नाम कन्दङ्वालाई हस्तान्तरण गरेको हो ।

तेह्रथुम समाज यूकेका कोषाध्यक्ष र सह–कोषाध्यक्ष क्रमशः जमिन थाम्देन र जय मादेम्बालाई यस कार्यको लागी विषेश जिम्मा दिईएको र समाजका अध्यक्ष सुर्य खापुङ्गले सम्पुर्ण कार्यको भुमिका निर्वाह गर्नु भएको थियो । सोहि अनुरुप समस्त बेलायतवासी तेह्रथुमे र अन्य जिलवासीहरु गरेर ९० जनाको सहयोगले क्यान्सर पिडित दिलाको लागी १४६० (चौध सय साठी पाउण्ड) रकम सङ्कलन भएको थियो । उक्त रकमलाई याक्थुङ् चुम्लुङ् हिम, धरानमा हस्तान्तरण गर्दा नेपाली १,८४,६५१ (एक लाख चौरासी हजार छ सय एकाउन्न) रुपैया भएको थियो ।

सन २००७ मा स्थापना भए यता यस संस्थाले समाज सेवामा पनि काम गर्दै आई रहेको छ । क्यान्सर पिडित आर्थिक सिङ्गक, मुटूको रोगी सरिता लिक्बु, क्यान्सर पिडित भिम प्रसाद थेगुम्बा, क्यान्सर पिडित मौसम लिम्बु, तेह्रथुम सदर मुकामा रहेको समाधि स्थलको पुननिर्माण, आठराई सक्रान्ति बजारमा भएको आगलागी पछि अग्नि पिडितहरुको लागी १५ लाख नेपाली रुपैया उठाई बेलायत प्रतिनिधि तारा प्रसाद कन्दङ्वा र नेपाल प्रतिनिधि मोहन हुक्पा चोङ्बाङ मार्फत प्रतक्ष पिडितहरुको हातमा रकम हस्तान्तरण गरेको थियो र यो पछिल्लो समयमा क्यान्सर पिडित दिला इङ्नाम कन्दङ्वालाई क्यान्सरको उपचार खर्च जुटाएर पुनर्जिवन दिन सहयोग गरेको हो ।

दिला इङ्नाम कन्दङ्वाको पारिवारिक आर्थिक अवस्ता माईत तर्फ र घरतर्फ दुबैतर्फ धेरै नाजुक भएकोले उपचार खर्च जुटाउन इङ्नाम ईवाहाङ् वन्धु तथा चेलिबेटी यूकेबाट एक लाख नेपाली रुपैया, मलेशियाबाट शन्तोष इङ्नामको पहलमा ४५ हजार रुपैया, हङ्कङ् बाट अबिचन्द्र इङ्नामको सम्योजनमा पचाश हजार रुपैया पिडितले पाई सकेकि छिन ।

दिला इङ्नामले सम्पुर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद दिदै तपाइहरुको सहयोगले मैले पुनर्जीवन नै पाएको महशुस गरेको छु भन्दै स्वस्थ्य स्थितिमा धेरै सुधार आएको बताईन ।

सहयोगीहरुको नामावली हेर्नको लागी समाजको वेजसाईट www.tehrathumsamajuk.org   मा गएर हेर्न सक्नुहुन्छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %