बहराईनमा २३ औं विश्व आदिबासी-जनजाति दिवस भब्य मनाउने

Read Time:2 Minute, 50 Second

कृष्ण सारूमगर
No automatic alt text available.

मानमा-बहराईन,  जुलाई १९ – नेपाल आदिबासी-जनजाति महासंघ बहराइनले २३ औं विश्व आदिबासी-जनजाति दिवसको अवसरमा ‘बहुल जातीय साँस्कृतिक साँझ’ कार्यक्रमको आयोजना यहि आउँदो ११ अगस्त २०१७ का दिन अदेलिया स्थित वाङ्गसाङ्ग थाई रेष्टुरेन्टको सभाहलमा भब्य मनाउने महासंघका सुचना तथा संचार प्रमुख अमरजंग गुरूङले जानकारी दिए ।

महासंघका महासचिव थेबे लिम्बूका अनुसार मध्ये पुर्वीय राष्ट्र बहराईनले महासंघमा आवद्ध स्थापित विभिन्न ६ वटा विशुद्ध जातीय संस्थाहरु क्रमशः मगर संघ, तमु समाज, तामाङ्ग सेवा समाज, किराँत याक्थुम चुम्लुङ्ग, किराँत राई यायोक्खा र शेर्पा समाजको सहकार्यमा हुन लागेको बाहुल साँस्कृतिक साँझ कार्यक्रमको यो पहिलो प्रस्ततुतिले नेपाल र नेपालीहरुको राष्ट्रिय पहिचान र अस्तित्वलाई संरक्षण तथा प्रवर्द्धनमा प्रतक्ष टेवा पुग्ने हेतुले परम्परागत मौलिकता झल्किने विविध मनोरञ्जनात्मक साँगीतिक कार्यक्रम सहित कार्यक्रम गर्ने भएको हो ।

श्रोतका अनुसार बाहुल जातीय सास्कृतिक साँझ कार्यक्रमको मुख्य उद्धेश्य नेपाली राष्ट्रिय कला तथा संस्कृतिको संरक्षण-संवर्द्धन तथा प्रवर्द्धन संगै बहराईनमा स्थापित अन्तराष्ट्रिय नेपाली कलाकार समाज र अन्तराष्ट्रिय कलाकार मंचमा आवद्ध रहेका ख्याति प्राप्त स्थानीय कालाकारहरुको सह्योगमा भब्य मनाउने संघका साँस्कृतिक संयोजक सोनम दोङ्ग तामाङले हामीलाई बताएका छन् ।

महासंघले विभिन्न समाजिक संघ, संस्था, संगठन, तथा उधोग, ब्यावसायी, समाजसेवी एवं विभिन्न मिडियामा आवद्ध स्थानीय पत्रकार बन्धु लगायत सम्पुर्णमा बहराईनबासी दाजु-भाई तथा दिदी-बहिनीहरूलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दै आयोजक समिति परिवार सादर निमन्त्रणा समेत गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %