-भावना परिष्कृत सुनुवार,
फान्ब्रोरो, बेलायत – ‘थकित पृथ्वी’ कथा संग्रह र ‘बिछोड अघिको रात’ कविता संग्रह दुइ कृति मार्फत नेपाली साहित्य बगैचामा फुल्न सफल बिजय हितानको तेस्रो पुस्तककारको रुपमा ‘बाग्मतीब्लूज’ कविता संग्रह प्रकास नभएको कुरा अत्यन्तै सुखदायी छ, स्वागत योग्यछ । हामि थुप्रै नेपाली साहित्यनुरागिको निम्ति र सिंगो नेपाली साहित्यकासको निम्ति पनि उनको प्रथम कविता कृति ‘बिछोड अघिको रात’ पढ्ने अवसर नजुरे पनि बिभिन्न पत्रपत्रिकामा निरन्तर प्रकासन भइरहेका फुटकर कविताहरुको अनुरागी हु म । त्यसोत हीतान कविता, कथाको अलावा नाटक, निबन्ध र अन्य बिबिध समसामयिक बिषयमा लेखरचना र्सिजना गर्न पनि खप्पिस छन्।
समयले उनको हातमा बन्दुक थमाई दिए पनि कलमको गति र शक्तिलाई सलामी ठोक्दै झुकेको हुनुपर्छ संगिनले पक्कै, साहित्य प्रतिको उनको तपस्याको अगाडी । कविको यिनै कलमी साधनाको फल मिठो स्वादले तृप्त पार्दै सकारात्मक बिचार र सन्देश सम्प्रेषण गर्दै अवतरण भएको छ ‘बाग्मतीब्लूज’ को नामले ।
हितानको सिद्दहस्तकलमले ‘बाग्मतीब्लूज’ भित्र हामीलाई बचाउने पृथ्वीलाई हामीले नबचाए प्राणि मात्रको अस्तिव बेरूपकुरुप भइ संकटमा पर्ने चेतावनीको धावाबोलेको छ । कविताले पर्यावरण प्रेम र संरक्षणलाई जोडदिदै सुन्दर, आनन्द प्रदायक, हराभरा पुष्पित पल्भित पृथ्वीको गुरुयोजना बुनेको छ । हीतान आफैमा एक साहित्य सर्जक मात्र नभएर बाताबरणविद हुन्, भूपु गोर्खा सैनिक हुन्, हामि सबै लेदेखे को जगत र भोगेको जीवनको अनुभूत गर्दै खारिएका परदेशी हुन्।
त्यसैले त होला प्रवासको जुनैदुर बस्तीबाट उनि सधै देशदेशान्तरको सामाजिक र सांस्कृतिक जीवनलाई, भौगोलिक परिबेसलाई कविता मार्फत चाखलाग्दो गरि तुन्दै पाठकको मन भुतुक्कै हुने गरि तान्छन् ।
घरि सैनिक जीवनको भोगाइ र प्रेमिल सम्बन्धका नालिबेलिलाई मर्ममर्म भेदनहुने गरि काब्य रुपीतीरले मुर्छित पार्छन । यति मात्र कहा होर, देशको राजनीतिक बर्तमान अवस्था र सामाजिक परिस्थितिले सिर्जना गरेको असहज स्थिति प्रति बिमति जनाउदै खबरदारी गर्ने हिम्मत जुटाएका छन्तिब्र ब्यांग प्रहार गर्दै ।
प्रकृति प्रेमी पर्यावरण संरक्षक हितान इकोसाहित्यको प्रणेतानै हुन बेल्पाली साहित्यकारहरु माझ भन्नुमा कुनै अतियुक्ति नहोला जस्तो लाग्छ । ‘बाग्मती ब्लूज सलल बग्नु पर्ने उनको प्रकृतिनुसारनै बगाउन सफल भएका छन सर्जकले ।
बिबिध बिषयमा रचना गर्दै कविताहरुलाई सरलता र तरलतापुर्वक मुर्तरुप दिनेको शिर्ष राम्रो लाग्यो र कोशिशले निरन्तरता पाईरहोस । हिमशिखर छिचोल्दै नेपालको छाती बाट बगेको बाग्मतीको अनन्तउन्मुक्त बगाई जस्तै बनोस ‘बाग्मतीब्लूज’ को यात्रा नेपाली साहित्यको सागरमा । ‘बाग्मतीब्लूज’ नविनकृति लाई, इकोसाहित्य लाई स्वागतम, स्वागतको तुल टाँगेर ! अनि मित्र विजयलाई लाख बधाई तथा अनेकन शुभकामना निरन्तरताको निम्ति ।