बि सी राईको “अर्को पाईला” लोकार्पण कार्यक्रम सम्पन्न

Read Time:6 Minute, 4 Second

सुरेन्द्र इङ्नाम
Image may contain: 5 people, people smiling, people standing

केन्ट, बेलायत – गत १६ जुलाई २०१७ को दिन बेलायतको नर्टन न्याचबुल स्कुल, आशफोर्डमा गायक गीतकार, एरेन्जर तथा रेकडिस्ट बि सी राईको एल्वम “अर्को पाईला” लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।

सुमायाँ राइको अध्यक्षता रहेको उक्त कार्यक्रम प्रमुख अथितिमा भास्कर तितुङ्ग र अतिथिहरुमा क्रमशः नेपाल स्टार, गायिका तथा अभिनेत्री बिष्णु चेम्जोङ, कवि, गीतकार, समाजसेवि तथा ब्याबसायी घन थापा मगर, किरात राई यायोख्खा अध्यक्ष पदम राई, किरात याक्थुङ चुम्लङ अध्यक्ष काजीमान यक्सो, खोटाङ जिल्ला भु पु सभापति रत्न राई, किरात राई यायोख्खा उपाध्यक्ष कल्पना राई, किरात राई यायोख्खा उपाध्यक्ष दिवाकर राई, खोटाङ सेवा समाजका अध्यक्ष देबेन्द्र राई, वातावरण विध तथा विश्व नेपाली साहित्य महासङ्घ साउथ बेलायतका अध्यक्ष विजय हितान लगायत बेलायतमा रहनु भएका विशिष्ट साहित्यिक तथा समाजसेविहरुको उपस्थिति रहेको थियो ।

गायक गङ्गाराज राईले कार्यक्रममा पाल्नु भएका सम्पुर्ण संगित, साहित्यप्रेमी तथा समाजसेविहरुलाई स्वागत मन्तब्य दिएपछि कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि र गायकका बाबा–आमा क्रमशः बिर बहादुर राई र सुमाया राई बाट संयुक्त रुपमा दिप प्रज्वलन गेर औपचारिक रुपमा कार्यक्रमको उदघाटन गरिएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा साहित्यकार नबराज राईले गीतकार बि सी राईको जीवनी प्रस्तुत गरेपछि कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि र गायकका बाबा–आमाको बाहुलीबाट संयुक्त रुपमा बि सी राईको पाचौ गीती एल्वम “अर्को पाईला”लाई लोकार्पण गरिएको थियो ।

गायक, गीतकार, एरेन्जर तथा रेकडिस्ट बि सी राईले बिक्रम सम्वत २०५३ सालमा पहिलो एल्वम “तिमीलाई” बजारमा ल्याए पछि २०५६ सालमा “ती पलहरु” सन २००६ मा “बिहाइण्ड द क्राउड” सन २००८ मा “शिली” र यस “अर्को पाईला” गरि जम्मा ५ वटा गीती एल्वमहरु निकाली सकेको छ । यस पाचौ एल्वम “अर्को पाईला” मा वहाले जम्मा १० वटा गीतहरु क्रमशः “मलाई घायल बनायौ, परदेशी, भोजपुर बजार, गोधुली साँझमा, हरखुशी तिम्रै लागी, निष्ठुरीको माँयाले, तिम्रो साथ बिना, तिमीले मलाई, तुहि जुनुन्, बाघिनी भएर” गीतहरु समावेश गरेका छन ।

कार्यक्रमको तेस्रो सत्रमा उक्त एल्वम मध्येको एक गीत “तिम्रो साथ विना” नेपाल स्टार बिष्णु चेम्जोङ् र सर्जककै स्वर रहेको र स्वप्निल लिम्बुले निर्देशन गर्नुभएको उक्त गीतको म्युजिक भिडियोलाई सार्वजनिक गरि साहित्यकार नरेशमणि राईले एल्वमको समिक्षा गर्दै यस एल्वमका राम्रा र नराम्रा पाटाहरुलाई औल्याउदै संगितको शुरुवात प्राकृतिक हावा, झरना चरा–चुरुङ्गिहरुको आवाज हुदै आदिवासीहरुले शुसेलेका आवाजहरु बाटै संगीतको शुरुवात भएको र यस एल्वममा पनि चरा, झरनाहरुका आवाजहरु हालेर साच्चिनै भावुक बनाउने खालका संगित भएको ब्यक्त गर्नुभयो ।

एल्वमको समिक्षा सके पश्चात किरात राई यायोख्खा अध्यक्ष पदम राई, एन आर एन यूकेका हिराधन राई, किरात याक्थुङ चुम्लङ अध्यक्ष काजीमान यक्सो लगायत धेरैले शुभकामना दिएका थिए ।

कार्यक्रमको अर्को चरणमा सर्जक बि सी राईले वहाको आफ्नै दाजु डिल्लिकेसर राईले एउटा मादल र गीटार किनि दिएर त्यहि मादल र गीटारबाट संगीतको यात्रा शुरु भएको भन्दै दाजुलाई धन्यवाद पनि दिए ।

कार्यक्रमको अन्त्यमा नेपाल स्टार बिष्णु चेम्जोङले बेलायत आएर गीत गाउने मौका पाएकोमा ज्यादै गौरन्वित भएको, अवसर मिलेमा बि सी राई सँग अझै पनि गीतहरु गाउने र यस एल्वमको एक गीत “परदेशि” बोलको गीतले उन्लाई रुवाएको कुरा पनि खुलस्त पार्नुभयो । त्यसपश्चात उक्त एल्वमका गीतहरु सर्जक सँगै गाएर भरपुर मनोरञ्जन दिलाएपछि कार्यक्रमका अध्यक्ष सुमायाँ राइले यस कार्यक्रममा उपस्थित भई अमुल्य समय दिएर कार्यक्रम सफल बनाईदिनु भएकोमा उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद दिदै औपचारिक रुपमा कार्यक्रमसमापन भएको घोषणा गर्नु भएको थियो ।

दिउसोको ३:३० बाट शुरु भएर साँझको ९ बजे सम्म चलेको उक्त कार्यक्रमलाई कवि नबराज राईले सञ्चालन गर्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %