एउटा लेखकको दुईटा कृतिलाई कुलपति र प्राडाहरुले उच्च मुल्याङ्कन गरे

Read Time:4 Minute, 8 Second

चन्द्र मादेन ‘आन्छन’
Image may contain: 7 people, people standing and indoor

      

काठमाण्डौ, स्थानीय वागवजारको हार्दिक होटेलमा ताप्लेजुङ साहित्य समाज काठमाण्डौको आयोजनामा पूर्वाञ्चलकै दिग्गज वरिष्ठ लेखक राजेश्व थापाद्वारा लिखित  “मुक्कुमलुङ्मा” र “पाथीभरा”  दुईवटा कृतिहरु समाजका अध्यक्ष एवं वरिष्ठ समालोचक साहित्यकार  प्रा.डा. गोविन्द भट्टराईको सभापतित्वमा  सामूहिक लोकार्पण सम्पन्न भएको छ ।

प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीद्वारा दीप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा विशेष अतिथि प्रा.डा. एवं ईतिहासविद सुरेन्द्र के सी, निर्वाचन आयुक्त नरेन्द्र दाहाल, विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय उपाध्यक्ष  एवं न्यूज अभियानका कार्यकारी अध्यक्ष सागर श्रेष्ठ, पाथीभरा क्याम्पसका संस्थापक एवं विराटनगर उपमहा नगरपालिकाका पूर्व प्रधानपञ्च ध्रुव नारायण श्रेष्ठ, प्राज्ञ अमर तुम्याहाङ, माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य पर्शु कार्की, नेपाल सामुदायिक विध्यालय व्यावस्थापन महासंघका महासचिव मोहन खतिवडा, समाजसेवी एवं  धनकुटा नगरपालिकाका पूर्व मेयर वा़ङ्दी लामा र ईन्जिनियर महेन्द्र पराजुलीलाई अतिथिको आसनग्रहण गराईएकोथियो ।

समाजसेवी एवं साहित्यकार चन्द्र मादेन “आन्छन” द्वारा दुवै कृतिहरु मुक्कुमलुङ्मा र पाथीभरा प्रकाशन गरिएको सो कार्यक्रमलाई समाजका महासचिव  एवं ओरेन्टियल वुक्सका प्रवन्धक हरि गौतमद्वारा स्वागत मन्तव्य गरिएको थियो । स्वागत मन्तव्य पश्चात् निरन्तर चलेको सो सभामा मञ्चका विशिष्ट व्यक्तित्वहरूद्वारा सामूहिक विमोचन गरिएको एउटा कृति मुक्कुमलुङ्मा भित्रको सानो खुराक जुन लिम्वु भाषामा लेखिएकोलाई ताप्लेजुङ साहित्य समाजका सदस्य लेखनाथ गौतमले(वाहुनको छोरो भएरपनि) लिम्वु लवजमै  मुन्धुम वाचन गरि सवैलाई चकित पार्नुभएको थियो  भने यूवा विध्यार्थी निङ्वाशक्ति मादेनद्वारा सुमधुर भाईलिनको धून वजाईएको थियो ।

विभिन्न साहित्यकार,नेपाल सरकारका विशिष्ट व्यक्तित्व, राजनीतिज्ञ, कलाकार, समाजसेवी, शिक्षाविद, संचारकर्मी आदिको उल्लेख्य उपस्थिति रहेको उक्त सभालाई प्रमुख अतिथि कुलपति उप्रेती र विशेष अतिथि प्रा.डा.केसीले उच्च मुल्याङ्कन गर्दै शुभकामना दिनुभएको थियो भने कार्यक्रम संचालन यूवा समाजसेवी स्रष्टा याङ्जुम शेर्पाद्वारा गरिएको थियो  ।

स्मरणीय रहोस — लेखक राजेश्वर थापाद्वारा विश्वको ईतिहास, राष्ट्रका व्यक्तित्व, विभिन्न जातजातिको पहिचान, धार्मिक स्थल, साहित्यिक आदि यो समेत ५४औं कृति प्रकाशन भईसकेको छ भने केहिदिन भित्रै पुन तीनवटा (प्रेसमा छ) क्रमैसंग झुल्किनु  खोजिरहेको छ ।
                         

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %