गोविन्द घर्ती
असार ३१ । भाषा र साहित्यको संरक्षण र सम्वद्र्धन गर्न आफु लागि पर्ने देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ ।
उहाले साहित्वको माध्यमबाट युवाहरुलाई गतल बाटोमा हिड्न रोक्ने र साहित्यको माध्यमबाट समाज परिवर्तन गर्न मद्दत पुग्ने भएकोले साहित्यको संरक्षण गर्न लागि पर्नेमा जोड दिनु भएको हो । युगिन साहित्य समाज देवदहद्धारा २०४ औं भानुजयन्ती तथा नवनिर्वाचित नगरपालिकाका पदाधिकारीलाई बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । सोही अवसरमा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले देवदह नगरपालिकामा साहित्यक पुस्तकालय निर्माणको लागि आफुले सहयोग गर्ने बताउदै साहित्यको विकासको लागि सदैव लागि रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । युगीन साहित्य समाज नेपालका अध्यक्ष यज्ञप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार डा. श्याम न्यौपाने, देवदह–७, का वडा अध्यक्ष पदम थापा, तुल्सी घिमिरे, तिर्थराज भण्डारी, तेजु अर्याल, प्रमोद खनाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित देवदह नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा साहित्यकार, शिक्षक, समाजसेवीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युगीन साहित्य समाज नेपालका अध्यक्ष यज्ञप्रसाद न्यौपनेले राज्यले साहित्यलाई वेवास्ता गरेकोले नवनिर्वाचित पदाधिकारीहरुले साहित्यलाई माया गर्नु पर्ने बताउनु भयो । उहाले साहित्य क्षेत्रमा काम गरेको विभिन्न संघसस्थाले साहित्यको माध्यमबाट देवदहमा आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन मद्दत गरेको बताउनु भयो । उहाले देवदह नगरपालिकाले साहित्यका कितावहरु प्रकाशन गर्न सहयोग गर्नुपर्ने बताउदै नगरपालिकाले ल्याउने राम्रो कामलाई युगीन साहित्य समाजले आत्मसाथ गर्ने बताउनु भयो ।
युगीन साहित्य समाज नेपालका उपाध्यक्ष विष्णु पोखरेलको स्वागत र शुसिल सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।