कतारमा १२ औं अध्यक्षमा रोका मगरलाई निर्विरोध चयन

Read Time:4 Minute, 57 Second

कृष्ण सारू मगर
Image may contain: 2 people, text
दोहा-कतार ०८ जुलाई नेपाल मगर संघ शाखा कतारले “अधिकार सम्पन्न एकिकृत मगराँत स्वायत्त प्रदेश स्थापानाको लागि हाम्रो अभियान !
मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा १२ औं महाधिवेशन !!” भन्ने मुल नाराका साथ “१२औं महाधिवेशन तथा १७औं वार्षिकोत्सवलाई दोहा स्थित गल्फ होराइजन होटलमा गएको ३० जुन शुक्रबारका दिन संघका अध्यक्ष महेन्द्र थापा मगर तथा र नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भब्य सम्पन्न गरेको छ ।

कार्यक्रममा २०१७/०१८ का मगर बाँङ्ग (राजा) रेशम आले मगरलाई विशेष आतिथि ग्रहण गराएको समारोहमा नेपाल प्रवासी आदिवासी-जनजाति महासंघमा आवद्ध मातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न क्षेत्रीय, धार्मिक, साँस्कृतिक, साहित्यिक, वैचारिक संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, नेपाली महिला समाज लगायत विशिष्ट अतिथि गण, विभिन्न मिडियामा कार्यरत पत्रकारवंधु र विभिन्न समाजसेवी व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

शुभकामना मन्तब्यको क्रममा अधिकाँस वक्ताहरुले मगर संघ कतारले विगत देखि गर्दै आईरहेका श्रहानिय कामहरुको प्रशंसा गरेका थिए । कार्यक्रमको बिच-बिचमा आदिमकाल देखि नेपाली भुमिमा रैथाने रहेका मगर समुदायहरूको मौलिकता झल्काउने विभिन्न साँस्कृतिक गीत तथा नृत्य प्रस्तुति देखाउँदै कलाकारहरूले अधिवेशनको सुनमा सौगन्ध थपिएको थियो ।
Image may contain: 2 people, people standing and indoor

१२ औं अधिवेशनले निवर्तमान प्रथम उपा-अध्यक्ष शेर बहादुर रोका मगरलाई सर्वसम्मतिले निर्बिरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष शेर बहादुर रोका मगर (रुपन्देही) को अध्यक्षतामा २७ जना कार्यसमिति पदाधिकारहरुलाई र्निबिरोध निर्वाचित भएको घोषणा गर्दै । अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष—अभिमत पुन मगर (रोल्पा), द्वितीय उपाध्यक्ष —केशव घर्ती मगर (रुपन्देही), महिला उपाध्यक्ष — ईश्वरा थापा मगर (उदयपुर), महासचिव— बिजय कुमार मगर (झापा), कोषाध्यक्ष — केशव राना मगर (धनकुटा), सचिव—टोप बहादुर सारु मगर (नवलपरासी), संगठन सचिव — बिवेक पुलामी मगर (काठमाण्डौं), बिभागिय संयोजकहरु — भुपेन्द्र रिखाम मगर (कला तथा सांस्कृतिक विभाग) (उदयपुर), मन कुमार रोकिम (भाषा, लिपि, साहित्य अध्ययन तथा अनुसन्धान) (तनहुँ), सह—कोषाध्यक्ष — हिम बहादुर थापा मगर (रुपन्देही) र अन्य सदस्यहरुमा खगी पुन मगर (बाग्लुङ), लक्ष्मी घर्ती मगर (बाग्लुङ), भक्त बहादुर राना मगर (उदयपुर), शुक्र बहादुर पुलामी मगर (मोरङ), होम श्रीस मगर (बाग्लुङ), सोम थापा मगर (तनहुँ), लोक बहादुर सिंजाली मगर (सिन्धुली), मिन बहादुर थापा मगर (तनहुँ), हरी दर्लामी मगर (तनहुँ), पदम थापा मगर (पाल्पा), प्रकाश रोका मगर (रोल्पा), प्रकाश पुन मगर (कास्की), रेशम रोका मगर (अर्घाखाँची), गायत्री पुन मगर (रुपन्देही), जनक कुमारी थापा मगर ‘जानु’ (गोरखा)र एक जना रितm गरी २७ जनाको कार्यसमितिका नामावली देव बहादुर राना मगरको संयोजकत्वमा बनेको निर्वाचन समितिले सार्वजनिक गरेको हो ।

उक्त १२ औं अधिवेशनबाट निर्वाचित नवनियुक्त पदाधिकारी सदस्यहरूलाई क्रमशः बधाई तथा सफल कार्यकालको शुभकामना आदान प्रदान पनि गरिएको थियो । संघका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरको स्वागत तथा महासचि विजय कुमार मगरको संचालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %