रेडियो सफलतासंचार
पछिल्लो समयमा तिजका गीतमा बिकृति आइरहेको बेलामा एउटा मौलीक गीत छोरा र छोरी त हाम्रा पनि छन् बजार भित्रीएको छ । सुजन रेग्मीको शब्द रहेको उक्त गीतमा आहिले जल्दोबल्दो समस्या आबुवालाई अर्घेलो देख्ने र बृद्धाश्रम पुर्याउने समस्यालाई चित्रण गरिएको छ । सुजनसँगै बिमलागैरे, कुसुम क्षेत्री र किसान नेपालीको आवाज समेटिएको गीतमा लय सृजना भने टेक नारायण चापागाईँले गरेका छन् ।
थ्रि स्टार मिडियाका सञ्चालक गीतकार एवम् मोडल कमल अर्याल भन्छन् — “गीत अपेक्षा गरे भन्दा नी राम्रो बनेको छ । सुटिङ्गको बेलामा पनि सबैले मन परेको प्रतिक्रिया दिनुभएको थियो ।” कुरामा थप्दै अर्का सञ्चालक टेक नारायण चापागाईँ भन्छन् — “यसपाली तिजमा तिन गीत थ्रि स्टार मिडिया बाट बजार लयाउने तयारी छ यो पहिलो गीत जुन रुपले सबैले हौसला बढाइरहनुभएको छ, यसले गर्दा अरु गीत चल्नेमा कुनै शंका छैन ।”
