गोविन्द र नवीनको नयाँ मार्मिक गीत, ‘नबास सुनपंखी भाले(भिडियो सहित)’

Read Time:1 Minute, 38 Second

रूद्र श्रीसमगर

पोखरा, असार ११ – उदीयमान सर्जक गोविन्द पुन र लोक तथा दोहोरी गायक नवीन रानाले नयाँ म्यूजिक भिडियो बजारमा ल्याएका छन् । गोविन्द पुनको शब्द र नवीन रानाको लय रहेको ‘नबास सुनपंखी भाले’ बोलको गीतमा गायक नवीनलाई वरिष्ठ लोकगायिका विमाकुमारी दुराले स्वरमा साथ दिएकी छन् ।

निकै मार्मिक रहेको यस गीतको म्यूजिक भिडियोको छायाङ्कन बागलुङको गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीमा गरिएको हो । भिडियोमा गोविन्द पुन र करुणा पुनले मुख्य अभिनय गरेका छन् । टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको म्यूजिक भिडियोको छायाङ्कन तथा सम्पादन दानबहादुर श्रीसले गरेका हुन् ।

गोविन्द आफैंले निर्देशन गरेको म्यूजिक भिडियोमा पुनम पुनको मेक अप र मिलन गुरुङको कलरिङ रहेको छ । सर्जक गोविन्दले यसअघि ‘खाएछ कि कलेजो’ बोलको सालैजो बजारमा ल्याएका थिए । सो गीत निकै चर्चित बनेपछि सर्जक गोविन्द र गायक नवीनले‘खाएछ कि कलेजो’को भाग २ का रूपमा ‘नबास सुनपंखी भाले’ बजारमा ल्याएका हुन् ।

{youtube}https://youtu.be/yuzKRLioFqA{/youtube}

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %