कृष्ण सारू मगर

सल्लाहकार दुवाडीको विदाई सामारोह कार्यक्रममा सल्लाहकार सदस्य हेम बहादुर बगाले मगर, कोषाध्यक्ष मिन बहादुर सारु मगर, सदस्य धकेश्वर भण्डारी, पूर्व सह-कोषाध्यक्ष कृष्ण चौहान मगर, संस्थापक सदस्य गिरिराज बश्याल, रामलाल खाती, समाजको विभिन्न पदमा आसिन पदेन पदाधिकारी लगायत अन्य पाल्पाली तथा विशिष्ट ब्यक्तित्वहरूले बाक्लो उपस्थिति जनाएका थिए l
प्रमुख सल्लाहकार भुपराज दुवाडीले समाज प्रति निभाएको उत्तरदायी भूमिका र उच्च योगदानको मुल्यांकन गर्दै सहभागी सबैले पवित्र खादाले सम्मानजनक विदाई गरेका थिए । संस्थाका कोषाध्यक्ष मीन बहादुर सारू मगरले मायाको चिनो प्रदान गरे । सचिव दुर्गा अधिकारीले ढाकाको दोसल्ला ओढाएर सम्मान गरे । समाजका अध्यक्ष लिलम चिदि मगरले पाल्पालीको चिनारी ढाका टोपी तथा सम्मान पत्र प्रदान गर्दै प्रमुख सल्लाहकार भुपराज दुवाडीलाई समाजले स-सम्मान विदाई गरेको हो ।
रामपुर न.पा वार्ड नं-३ स्थाई घर भै वैदेशिक रोजगारीका शिलशिलामा कतार आएका भुपराज दुवाडीलाई दोहाको बिक्रमपुर रेस्टुरेन्टको सभा हलमा पाल्पाली सेवा समाज कतारले स-सम्मान बिदाइ गरेको समाजका सचिव दुर्गा अधिकारीले राज्ययसत्ता डटकमलाई जानकारी दिए ।
समाज भन्दा ठुलो ब्याक्ति कहिल्यै नहुने बताएका दुवाडीले समाजका लागि मातृभुमी नेपालमा रहेरता पनि यंहाहरुसगै संस्थागत रुपमा आत्मिय भाईचारालाई निरन्तरताको लागि कटिबद्ध रहेर सहकार्य गर्ने बताए । थप्दै भने, सबै पाल्पावासीहरूले गर्व गर्ने आफुले मलजल गरेको सस्था र सहकर्मीहरुको साथ बाट टाढा हुँदाको यो क्षणलाई सम्झेर निकै भावुक रहेका प्रमुख सल्लाहकार दुवाडीले सामाजिक सस्थामा निरन्तर भावनात्मक रुपमा सधै साथ रहने छु l
उनले भने, समाजका अध्यक्ष मगरले विदाई तथा सम्मान कार्यक्रमको समापन गर्दै आउँदा दिनहरुमा पनि उहाँले देखाएको बाटो पहिलयाउदै जाने बाचा गर्दै सम्पन्न कार्यक्रमलाई सचिव दुर्गा अधिकारीको संचालनमा संपन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष लिलम्बर चिडी मगरले गरेका थिए ।