कतारमा एकलाख राशीको खुल्ला भलिबल प्रतियोगिता

Read Time:5 Minute, 3 Second

दिल कुमार श्रेष्ठ

दोहा-कतार, १३ जुन मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद अल फितरको पावन अवसर पारेर तमु प्ये ल्हु संघले कार्यरत भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
संघको संरक्षकत्वमा गठित खेलकुद बिभाग द्वारा हुने “प्रथम खुला भलिबल प्रतियोगिता(२०१७ आयोजना गर्न गईरहेको जानकारी संघकि प्रचार प्रचार विभागकी सर्दो प्याचु तमुले राज्यसत्ता डटकमलाई जानकारी दिएकी छिन् ।
बैदेशिक रोजगारको शिलशिलामा कतारमा कार्यरत भलिबल खेल प्रेमीहरु प्रतिको ध्यानलाई मध्ये नजर गरि उक्त मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको हो ।

प्रतियोगिता ईदको पहिलो दिन देखि सनैया, स्ट्रिट नम्बर ५४, लेफ्ट साईड, Qatar Racing Club नजिक बेलुकी ६ बजेदेखी हुने भएको छ ।
खेललाई सफल बनाउन कतारमा कार्यरत आदरणीय नेपाली खेलाडी, नेपाली संघ सस्थाहरु र सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुमा गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गरिएको छ ।

पुरस्कारको राशी निम्नानुसार छन् ।
प्रथमलाई नेरू १०५,००० द्धितीयलाई ७०,००० तृतीय हुने टिमलाई ३५,००० क्रमसः नगद, सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
दर्ता शुल्कः कतारी रीयल ४ सय ५१ मात्र ।
खेलाडी टिमको दर्ताको लागी अन्तिम सम्पर्क मिति र समयस् ईदको पहिलो दिन बेलुकी १० बजे भित्र ।
भलिबल खेलका नियम हरुः
१, खेल नकाउटको आधारमा खेलाइने छ ।
२, खेल अन्तरराष्ट्रिय भलिबल महासंघ (FIVB)को अधिनमा रही भलिबल संघको नियमअनुसार Scoring Point system (TT) अनुसार खेलाइनेछ ।
३, खेल क्वाटर फाइनल अबधि भर Best of Threeमा खेलाइने छ भने सेमी फाइनल बाट Best of Five को आधारमा खेलाइने छ ।
४, प्रत्येक टिममा १ मेनेजर, १ कोच, १ खेलाडी डाक्टर र ९ खेलाडी सहित १२ जना खेलाडी हुनुपर्नेछ ।
५,टाइसिट गर्ने बेलामा प्रत्येक टिमको क्याप्टेन उपस्थित हुनुपर्नेछ ।
६, टिम दर्ता गरि सकेपछी दर्ता शुल्क फिर्ता हुने छैन ।
७, टाइसिट गर्नु भन्दा पहिला नै दर्ता शुल्क बुझाउनु पर्नेछ , यदि नबुझाएको खण्डमा खेलमा समाबेस गराउने छैन ।
८, खेल अबधि भर सम्पूर्ण नियम रेफ्रीमा निहित हुनेछ ।
९, सबै टिम तथा खेलाडीहरुले नियममा रही खेल्नु पर्नेछ ।
१०, खेलमा प्रमुख रेफ्रीको निर्णय नै अन्तिम हुनेछ ।
११, खेल नेपाल भलिबल संघ तथा छेत्रीय भलिबल संघबाट मान्यता प्राप्त राष्ट्रिय रेफ्रीहरु बाट संचालन हुनेछ ।
१२, खेल अबधि भर मदिरा निषेधित रहनेछ, कसैले हो हल्ला तथा झैँ झगडा गर्न सख्त मनाही छ, यदि यस्तो भेटिएको खण्डमा आयोजकले कारबाही गर्नेछ ।

१३, कुनै पनि टिम तथा खेलाडीहरु बाट खेलकुदको उच्च आदर्श एवं मर्यादा बिरुद्ध अनुशासित काम गरेमा उक्त टिम तथा खेलाडीलाई निर्णायक कमिटीले कारबाही गर्नेछ ।
१४, खेलको सेमी फाइनल अबधि बाट १ जना खेलाडीलाई Man of the Match घोषित गरिनेछ ।
१५, समर्पण वाक ओभर खेल संचालनको लागी दिईएको समय भन्दा १५ मिनेट पछी खेलाडीहरु खेल मैदान भित्र उपस्थित नभएमा नियम अनुसार अनुपस्थित टिमको समर्पण सम्झी उपस्थित टिमलाई बिजयी घोषित गरिनेछ । तपसिल मिति ईदको पहिलो दिन देखि शुरु गरिनेछ ।
नोटः कतारमा कार्यरत नेपाली नागरिकले मात्र प्रतियोगितामा भाग लिन पाउने जनाएको छ । आ आफ्नो संघ, सस्था, तथा खेलाडीहरूको समुहले खेलाडीको नामावली सहित टिमलाई निर्धारित समयमै दर्ता गर्नरगराउन हुन आयोजक समितिले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %