उत्कृष्ट डिफेन्डर गिता राना सम्मानीत

Read Time:2 Minute, 2 Second

देव पचभैया


पाल्पा,जेठ २९ –
शुक्रवार तानसेनमा सम्पन्न महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगितामा उत्कृष्ट डिफेन्डर ताप्लेजुङकी खेलाडी  गिता रानामगर सम्मानित हुनुभएको छ ।

जेठ १६ देखि २६ सम्म पाल्पा र स्याङ्जामा भएको प्रतियोगितामा ताप्लेजुङ पहिलो भएर ३ लाख नगद जितेको थियो । प्रतियोगितामा उत्कृष्ट डिफेन्डर रानाले १५ हजार नगद जित्नुभएको थियो । मगर बिधार्थी संघ पाल्पाले राष्ट्रिय खेलाडी एवं प्रतियोगितामा उत्कृष्ट डिफेन्डर हुनुभएकी गिता संगै उहाका प्रशिक्षक देव कुमार लिम्बुलाई पनि शनिवार सम्मान गरेको हो ।
Image may contain: 2 people

मगर संघ पाल्पाको कार्यालयमा भएको सम्मान कार्यक्रममा आदिवासी जनजाति महासंघ पाल्पाका  अध्यक्ष केहर सिं राना, मगर संघका जिल्ला उपाध्यक्ष जहर सिंह सारु, मगर महिला संघकी पुर्व जिल्ला अध्यक्ष पुष्पादेवी थापा लगाएतले सम्मानित राष्ट्रिय खेलाडी राना र प्रशिक्षक लिम्बुलाई बढाई एवं थप प्रगतिको शुभकामना दिनुभयो । 

मगर बिधार्थी संघ पाल्पाकी अध्यक्ष रुपा थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लङ्क रानाले पाहुनाको स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिब अमीत रास्कोटीले गर्नुभएको थियो । २८ जिल्ला सहभागी प्रतियोगितामा रौतहट दोश्र्रो भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %