कतारको मगर संघको १२औं अधिवेशन अन्तिम चरणमा

Read Time:3 Minute, 45 Second

कृष्ण सारू मगर

दोहा-कतार, जुन १२ –  वैदेशिक रोजगारीका शिलशिलामा मध्यपूर्विय राष्ट्र कतार आएका पुर्व देखि पश्चिम सम्मका मगरहरुको विशुद्ध जातिय संस्था नेपाल मगर संघ शाखा कतारले विभिन्न संघ संस्था संगठन संग सद्भव एवं भातृत्व एकता गर्दै आएको संघले नेपाल आदिवासी-जनजाति महासंंघका उपाध्यक्ष समेत रहेका नेपाल मगर संघ, केन्द्रिय समिति काठमाण्डौंका केन्द्रिय अध्यक्ष नविन रोका मगरको प्रमुख आतिथ्यमा १२ औं महाधिवेशन तथा १७ औं वार्षिकोत्सवलाई ३० जुन २०१७ शुक्रबारका दिन दोहाको फिलिपिनी सूकमा अवस्थित गल्फ होराईजन होटलमा मनाउने भएको छ ।

आदिवासी जनजाति अधिकार र अन्तराष्ट्रिय मानव अधिकार ऐन १६९को घोषणा पत्रलाई अंगिकार गरी देशको समुन्नतिमा महत्वपूर्ण योगदान पु¥याउन मगर जातिको आफ्नो मातृभाषा, लिपि, धर्म, संस्कृति, कला तथा साहित्यको संरक्षण र संवर्द्धन गर्ने उद्देश्य लिई सन् २००० जून ३० (२०५७ अषाढ १६ गते) का दिन “मगर सेवा संघ, कतार” को नामाकरणमा स्थापना भएको थियो । संघले नेपाल प्रवासी मगर संघ, दोहा कतार हुँदै, नेपाल मगर संघ, केन्द्रिय समिति काठमाण्डौंले गएको १ मार्च २०१५ देखि वैदेशिक शाखाको मान्यता प्राप्त पछि “नेपाल मगर संघ, शाखा कतार” को नाममा परिणत भएको हो ।

“अधिकार सम्पन्न एकिकृत मगरात स्वायत्त प्रदेश स्थापानाको लागि हाम्रो अभियान ! मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा १२ औं महाधिवेशन ” भन्ने नाराको साथमा संघले हाल सम्म विभिन्न एरिया समितिहरु ९ तथा ८ वटा विभिन्न विभागीय समितिहरू संघको मातहतमा रहेका छन् ।

दोहा कतारमा स्थापित विभिन्न, बैचारिक, धार्मिक, साँस्कृतिक, साहित्यिक तथा विभिन्न संघ, संस्था, संगठन जातिय संस्थाका महिला, समाजसेवी बुद्धिजिवि, साहित्यिक, कलाकार, खेलाडी एवं विभिन्न मिडियाका पत्रकार बन्धुहरू लगायत कतारमा रहेका मगर तथा गैर मगर दाजुभाई दिदिवहिनीहरुमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोधका साथ सादर निमन्त्रणा गरिएको छ ।

नोट:- संघको विधान २००० लाई (संशोधन २०१६) को (पाँचौं राष्ट्रिय मगर भेलाले पारित) खण्ड ३ को दफा १० (ख) अनुसार सम्पुर्ण कतारवासी दाजु-भाई तथा दिदि-बहिनीहरुका लागि यस संघकोे नयाँ सदस्य दर्ता तथा नविकरण खुल्ला गरिएको बारे समाजिक संजाल संघको पेज र वाल बाट समेत सार्वजनिक सुचना जारी गरिएको संघका महासचिव बिजय कुमार मगर मगरले राज्यसत्ता डटकमलाई बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %