लोकगायक डम्मर पुर्जाले ल्याए ‘दोभानमा बेनी बजार’(भिडियो सहित)

Read Time:1 Minute, 6 Second

रूद्र श्रीसमगर

पोखरा, जेठ १५ – लोकगायक डम्मर पुर्जाले नयाँ म्यूजिक भिडियो बजारमा ल्याएका छन् । गीत पहिले नै रेकर्ड भएको भएपनि म्यूजिक भिडियो भने बल्ल अहिले सार्वजनिक गरेका हुन् ।

‘दोभानमा बेनी बजार’ बोलको गीतको म्यूजिक भिडियोको छायाड्ढन म्याग्दीको सदरमुकाम बेनी बजारमा गरिएको हो । लोकगायक पुर्जालाई लोकगायिका विमाकुमारी दुराले स्वरमा साथ दिएकी छन् ।

टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको म्यूजिक भिडियोका निर्देशन गोविन्द पुनले गरेका हुन् । दानबहादुर श्रीसको छायाड्ढन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा लोकगायक पुर्जासँगै मिलन गर्बुजा र गंगा तिलिजाले अभिनय गरेका छन् ।

 

{youtube}https://youtu.be/FJGaEYe3BYQ{/youtube}

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %