मोरङ, २६ असोज
नेपाली काँग्रेसका महामन्त्रि प्रकाशमानसिँहले प्रधानमन्त्रिको उम्मेदवारी फिर्ताकालागी प्याकेजमा
सहमती हुनुपर्नेमा जोड दिएका छन् । मंगलबार बिराटनगरमा प्रेस यूनियनले गरेको पत्रकार
भेटघाट कार्यक्रममा उनले प्याकेजमा सहमती नभएसम्म भने नेपाली काँग्रेसले प्रधानमन्त्रिको
उम्मेदवारी फिर्ता नलिने जिकिर गरे ।
शान्ति प्रकृया ,संविधान निर्माणको अन्तरवस्तु र सत्ता साझेदार जस्ता बिषयमा प्याकेजमा
सहमती हुनुपर्ने उनको तर्क थियो । यी प्याकेजमा सहमती भए सरकार महत्वपुर्ण बिषय हैन उनले
स्पष्ट पारे । यद्यपी नेपाली कांग्रेसले बैधानिक बाटोबाटै प्रधानमन्त्रीको उमेदवारी दिएको स्पष्ट पार्दै
भने ः उमेदवारी फिर्ता लिइनु बैधानिकता भन्दा बाहिर जानु समेत हो ।
संबिधान निर्माणमा भइरहेको ढिलाइका बिषयमा भने नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान
सिंहले कांग्रेस, माओबादी र एमाले बीच विश्वासको वातावरण बन्न नसकेकाले ढिलाई भइरहेको
उल्लेख गरे । दोस्रो जनआन्दोलन अघिको जस्तो दलहरु बीच अहिले विश्वासको वातावरण
नभएको उनको भनाइ थियो । दलहरु बीच विश्वासको वातावरण बनाए मात्रै शान्ति प्रकृया
निश्कर्षमा पुग्न सक्छ उनले भने ः नेपाली कांग्रेसको पहिलो प्राथमिकता पनि शान्ति प्रकृया निष्कर्षमा पु¥याउनु हो ।
अर्को एक प्रसङ्गमा उनले अनमीनले विषेश समितीलाई दिएको माओवादि लडाकुको तथ्याँककै
आधारमा समायोजन र पुर्नस्थापनाको कार्य अगाडि वढ्ने बताए । राजनितीमा असम्भव केहि
छैन उनले भने दलहरुवीच सहमती कामय भए वाँकि दुई महिनाको अवधिमा शान्ति प्रकृया
निष्कर्षमा पुग्न सक्छ ।