परदेशी छोरालाई सम्झिएर गायक नवीन भन्छन्, ‘वनैको काफल खाने कोही छैन(भिडियो सहित)’

Read Time:1 Minute, 19 Second

रूद्र श्रीसमगर

पोखरा,  जेठ ११ – लोक तथा दोहोरी गायक नवीन रानाले नयाँ गीत बजारमा ल्याएका छन् । एउटा वृद्ध बाबुले परदेशी छोरालाई सम्झिएर गाएको गीतका रूपमा ‘वनैको काफल’ नामक एकल गीत सार्वजनिक गरेका हुन् । गीत युट्युबमार्फत् सार्वजनिक भएको दुई दिनमै पाँच हजारभन्दा बढी दर्शकले हेरेका छन् ।

बागलुङको गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीमा छायाड्ढन गरिएको गीतको म्यूजिक भिडियोमा ८६ वर्षीय उजिर पुनले अभिनय गरेका छन् । टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको गीतको शब्द भीमसेन कँडेलले लेखेका हुन् भने संगीतकार श्रीकृष्ण बम मल्ले संगीत दिएका छन् ।

वरिष्ठ छायाँकार दानबहादुर श्रीसले खिचेको म्यूजिक भिडियोलाई गोविन्द पुनले निर्देशन गरेका हुन् । सम्पादन दानबहादुर श्रीस र मिलन गुरुङले कलरिङ गरेका हुन् ।

 

{youtube}https://youtu.be/mAXs3P0h2KQ{/youtube}

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %