रूद्र श्रीस मगर
पोखरा, ७ जेठ
बालगृह सञ्जाल कास्कीको समन्वयमा अनुपम म्युजिक पोखराद्वारा आयोजना गरिएको एकल नृत्य प्रतियोगिताको अडिसन राउण्ड सम्पन्न भएको छ ।
अडिसन राउण्डबाट विभिन्न बालगृहका २० जना प्रतियोगीहरू छनौटमा परेका छन् । जस अनुसार सीमा केसी (स्टार चिल्ड्रेन होम), आशा थापा मगर (रेन्बो चिल्डे«न होम नेपाल), आरतीमाया गोले (एसओएस चिल्ड्रेन भिलेज, गण्डकी), कृषा बुढाथोकी (सृजना बालगृह), सुजाता तामाङ (असहाय बाल उपकार संघ), शर्मिला श्रेष्ठ (कोपिला बालगृह), सिम्रिका नेपाली (हिमाली बालकल्याण संरक्षण मञ्च), मनोज विक (एसओएस चिल्ड्रेन भिलेज, गण्डकी), खुशी पुन (सृजना बालगृह), अल्का आले (हिमाली बालकल्याण संरक्षण मञ्च), अमिशा दाहाल (एसओएस बहिनी, कास्की नेपाल), विकास गुरुङ (स्टार चिल्ड्रेन होम), राजु वादी (थ्री एञ्जल नेपाल), रेश्मा अधिकारी (एसओएस चिल्डे्न भिलेज), रितिशा गुरुङ (चाइल्ड वेल्फेयर एजुकेशन), रोशनी राना (नमस्ते सामुदायिक प्रतिष्ठान), प्रतिका तामाङ (सुअवसर बालग्राम नेपाल), प्रमिला सुनार (आशा फाउण्डेशन), विपना विक (बाल कल्याण संस्था), लक्ष्मी सिंजाली (स्टार चिल्ड्रेन होम) रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष समाजसेवी वीरेन्द्र पालिखेले अनुपम म्युजिक पोखराले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्नमा स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिँदै आएको कुरा बताए । पालिखेले यस्ता खालका कार्यमा आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने कुरा उल्लेख गरेका थिए ।
कार्यक्रममा बालगृह सञ्जाल कास्कीका अध्यक्ष डा. राजेन्द्र गौतम, लिटिल स्टेप माविका संस्थापक प्रिन्सिपल पम्फा गुरुङ, बालगृह सञ्जालका उपाध्यक्ष मोहन त्रिपाठी, सचिव दीपक गुरुङ, संस्थाका कार्यसमिति सदस्य सुष्मा रिजाल कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगिताको फाइनल आगामी असार ३ गते हुने अनुपम सांगीतिक साँझ सँगै हुनेछ भने त्यस अघि यही जेठ २० गते उत्कृष्ट १० को छनौट हुनेछ । पहिलो अडिसनमा सहभागी ४३ जनामध्ये २० जना छनौट भएका छन् ।
अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा अनुपम सांगीतिक साँझ–२०७४ का सह–सचिव गोविन्द सिंजालीले गरेका थिए ।