रिमिघा लेक विकासका लागि एक समिति छिट्टै बन्ने

Read Time:6 Minute, 58 Second

हुम सुनारी मगर

पाल्पा पर्यटकीय क्षेत्रमा सम्भावना बोकेको एक प्रमुख जिल्ला हो । तानसेन देखि झन्डै ४० किलोमीटर पुर्व तर्फ ऐतिहासिक महत्व रहेको स्थल छ, ‘रिमिघा लेक’ । रिमिघा रम्भा गाउँपालिका वडा नम्बर २, फोक्सिंकोट ३ र पीपलडाँडाको बीच भागमा ठडिएको छ । यो लेक समुन्द्र सतहदेखि १,७९४ मिटर अग्लो रहेको छ । तर, पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासको अभावले यो लेक ओझेलमा परेको छ ।

यस क्षेत्रबाट चुनाव जितेका सभासदहरूले रिमिघा लेकमा भ्रमण समेत गरेर यहाँ पूर्वाधार विकास गर्ने र यसलाई पाल्पाको एक प्रमुख पर्यटकीय गन्तब्य स्थलको रूपमा स्थापित गर्ने भन्दै त्यहाँका स्थानीयहरूलाई पटक पटक आश्वासन बाँडिएको पनि थियो । तर, अहिलेसम्म कसैले पनि त्यहाँ पूर्वाधार विकास गर्ने बिषयमा एक रुपैयाँ पनि बजेट पार्न सकेका छैनन् । रिमिघा लेकबाट राम्दी निस्कन मिल्ने गुफा छ । भैरहवा, भारतको नौतनवा र गोरखपुर सम्म देख्न सकिने देश हेर्ने ढुङ्गा पनि छ । त्यहाँ विशाल समतल परेको मैदान/टुँडिखेल, दुईतीन वटा इनार, भुरे राजाले निर्माण गरेका घरहरूको भग्नावशेष, तीनकन्या मन्दिर, कालिकादेवी मन्दिर, सिद्ध थान लगायतका ऐतिहासिक तथा धार्मिकस्थल समेत त्यहाँ रहेका छन् । आजभन्दा ठिक एक महिना अगाडी पंतिकार नेपाल रहँदा रम्भा उच्च माध्यमिक विद्यालय ताहुँका पूर्व प्राचार्य गोपाल कुमार श्रेष्ठसँग भैरहवामा संयोगबस भेट भएको थियो । वहाँ पंतिकारका गुरु पनि हुनुहुन्छ । सो भेटमा गोपाल कुमार श्रेष्ठले रिमिघा लेकमा पूर्वाधार विकास गर्नुपर्ने र त्यसलाई प्रदेश नम्बर ५ कै एक प्रमुख पर्यटकीय गन्तब्य स्थल बनाउनु पर्ने विषयमा जोड दिनु भयो । पंतिकार रिमिघा लेकको नजिकैको गाउँ झोकेदीबासी हुन् । पंतिकारलाई रिमिघा लेकको ऐतिहासिकता बारे पूर्ण जानकार छ । आफैले पनि विगतमा रिमिघा लेकको पूर्वाधार विकासलाई जोड दिँदै आईरहेको र यसै बिषयमा आर्टिकल लेख्ने गर्दथे ।

पूर्व प्राचार्य गोपाल कुमार श्रेष्ठका अनुसार तत्कालिन श्री ५ को सरकारका सचिव तथा पद्मपब्लिक माध्यमिक विद्यालय तानसेनका पूर्व प्रधानध्यापक डा अयोद्धा प्रसाद प्रधानले रिमिघा लेकमा तीन बर्षसम्म बुद्धको तपस्या गरेको इतिहास रहेको खुलेको छ । त्यसपछि, डा प्रधानले बुद्ध दर्शन मै विद्यावारिधि गर्नुभएको पूर्व प्राचार्य श्रेष्ठबाट खुलासा भएको छ । यस कारण पनि रिमिघा लेकलाई एक प्रमुख पर्यटकीय स्थलको रूपमा प्रवर्द्धन र विकास गर्नु अत्यावश्यक देखिन्छ । पंतिकार र पूर्व प्राचार्य श्रेष्ठको भेटमा रिमिघा लेकलाई एक प्रमुख पर्यटकीय स्थल बनाउन छिट्टै एक रिमिघा विकास प्रवर्द्धन समिति गठन गर्नुपर्ने बिषयमा छलफल भयो । ताहुँ देउरालीदेखि रिमिघा लेकसम्म (झन्डै ४ किलोमीटर) पक्कि सडक निर्माण गर्नुपर्ने । रिमिघा लेकमा एक विशाल बुद्धको मुर्ति निर्माण गर्नुपर्ने । रिमिघा लेकमा रहेको ऐतिहासिक पुरातत्व लगायत सिद्ध थान र कालिकादेवी मन्दिरको व्यवस्थित रूपमा निर्माण गर्नु पर्ने । विशाल समतल चौरमा पिकनिक स्थल सहित बगैचा निर्माण गर्नुपर्ने आदि । पम्पिङ् प्रविधिद्वारा खानेपानी व्यवस्थापन, एक पक्कि अत्याधुनिक भ्यू टावर निर्माण, क्रिडास्थल निर्माण, मोबाइल नेटवर्क विस्तार, जोगी गुफा जाने बाटो निर्माण तथा व्यवस्थापन जस्ता भौतिक पूर्वाधार विकासका लागि एउटा बृहत योजना तर्जुमा नै गरेर निकट भबिस्य मै बन्ने प्रादेशिक सरकारलाई आवश्यक वजेट छुट्याउन आग्रह गरिने योजना समेत रहेको छ ।

रिमिघा लेकमा माथि उल्लेख गरिएका पूर्वाधार विकास गर्न सके रम्भा गाउँपालिका कार्यालय रहेको खोकखोलादेखि रिमिघा लेकसम्म निजि क्षेत्रको पहल र लगानीमा केवलकार निर्माण गर्न सकिने छ । त्यसको लागि देश विदेशमा रहेका रिमिघा सेरोफेरोका बासिन्दाहरूलाई लगानी गर्न प्रेरित गरिने योजना छ । यसो गर्न सकिएमा ताहुँ, झोकेदी र पीपलडाँडाका जनताहरूले होटेल तथा पर्यटन क्षेत्रमा व्यवसाय गर्न सक्ने र सयौं यूवाहरूले रोजगारी पाउन सक्ने निश्चित प्राय: छ । रिमिघा लेकको पूर्वाधार विकासका लागि छिट्टै एक विकास प्रवर्द्धन समिति निर्माण हुने र त्यसको लागि रम्भा गाउँपालिका अन्तर्गत रहेका सबै वडाका वुद्धिजिवी तथा नागरिक अगुवाहरूलाई भेला गराई एक समिति निर्माण गर्ने बिषयमा पंतिकार र पूर्व प्राचार्य गोपाल कुमार श्रेष्ठ बीच गम्भीर छलफल भयो । हुम सुनारी मगरकाे फेसबुक बाट,

हुम सुनारी मगर झोकेदी – पाल्पा हाल साउदी अरब

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %