यलम्बरहाङ कप २०१७ भेटरेन् र सुपर भेटरेन दुबै एफ सि केन्टको पोल्टामा

सुरेन्द्र इङ्नाम


Image may contain: 25 people, people smiling, outdoor

केन्ट वेलायत – गत १५ अप्रिल २०१७ को दिन वेलायतको फेल्थाम स्पोर्टस क्लवमा किरात याक्थुङ चुम्लुङ केन्द्रिय कमिटीले आयोजना गरेको १० औ यलम्बरहाङ कप भेटरेन र सुपर भेटरेन तर्फ बाट दुबै कपहरु एफ सि केन्टको पोल्टामा पारेको हो।

सधैको वर्षहरुमा झै यस वर्षपनि जम्मा ३३ वटा टिमहरुले भाग लिएका थिए, उक्त टिममाहरुमा १८ वटा मेन टिम, ८ टिम भेटेरेन, ७ टिमहरु सुपर भेटेरेन रहेको थियो।

सुपर भेटेरेन टिम फाईनलमा धरान टिम सङ्ग कडा प्रतिश्पर्दा परेपछि अन्त्यमा प्यानल्टी शुट बाट एफ सि केन्टले बिजय हात परेको हो। भेटेरेन टिम के वा ई सी रोसमोर शाखासँग कडा प्रतिश्पर्दा परि १० मिनेटको थप समयमा गोल हान्न सफल भएपछि जित हात परेको हो । १८ वटा मेन टिमहरुमा १७ टिमहरुलाई पछि पार्दै फाईनलमा रिडिङ्ग युनाईटेडलाई पछि पार्दै मंगोलियन भन्जाजले शिल्ड हात परेको हो।

पुरस्कार वितरणको समयमा कि या चु केन्द्रिय कमिटीको अध्यक्ष काजिमान यक्सोले सम्पुर्ण टिमहरुलाई बधाई तपाईहरुको सहभागिताले गर्दा यो कार्यक्रम सफल भएको बताउनु भएको थियो। बिहान १० बजे बाट शुरु भएर साँझ ७ बजे सकिएको उक्त कार्यक्रमलाई महेश वनेम, मान तबेबुङ र महाशचिब खगेन्द्र लावतीले संयुक्तरुपमा संञ्चालन गरेका थिए।