अक्षरयात्रा प्रतिभा पुरस्कारलाई

Read Time:2 Minute, 10 Second

मनोज घर्ती मगर


पोखरा । यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कारबाट युवा साहित्यकार सुरज उपाध्याय पुरस्कृत भएका छन् । गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा मासिक रुपमा पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्रामा सक्रिय सहभागी भई उत्कृष्ट सिर्जना गरेको भन्दै युवा साहित्यकार उपाध्यायलाई सो पुरस्कार प्रदान गरिएको हो । पोखरामा शनिबार आयोजित अक्षरयात्राको १४० औँ शृङ्खलामा प्रमुख अतिथि गण्डकी बोर्डिङ स्कुलकमा प्राचार्य रविप्रसाद बरालले उपाध्यायलाई दोसल्ला, सम्मानपत्र र नगदसहित पुरस्कृत गरे ।

स्याङ्जाको आरुखर्कमा जन्मेर डेढ दशकदेखि पोखरामा रहेर साहित्य साधना गरेका साहित्यकार उपाध्यायका २०६० सालमा ‘तिम्रो मन फर्किएन’ गजल सङ्ग्रह र २०७१ मा ‘चिल उड्यो आकासमा’ बाल कविता सङ्ग्रह प्रकाशन भएको छ । र्याण्डम रिडर्स सोसाइटी अफ् नेपाल र प्रगतिशील लेखक सङ्घमा आबद्ध उपाध्यायले २०५६ देखि २०६० सम्म स्याङ्जाबाट वेदना साहित्यिक पत्रिकाको सम्पादन गरेका थिए ।


गजल सन्ध्याकी अध्यक्ष बिर्सना बस्नेत र नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक प्रकट पगेनी ‘शिव’, सदस्य रुपिन्द्र प्रभावी, प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष भीम रानाभाट, पुरस्कारका संस्थापक कृष्ण देवकोटा लगायतले शुभकामना दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %