रूद्र श्रीसमगर
{youtube}https://youtu.be/dZZhiKdggpM{/youtube}
पोखरा, बैशाख १ – अहिलेका निकै व्यस्त लोक तथा दोहोरी गायक कुमार पुनले नयाँ वर्षको कोसेलीस्वरुप दर्शक, स्रोतामाझ ‘साइँली’ ल्याएका छन् ।
मौलिक गीतहरू गाएर दर्शक, स्रोतामाझ फरक पहिचान बनाएका कुमारले आफ्नो नयाँ गीत युट्युबमार्फत् सार्वजनिक गरेका हुन् । कुमार पुन र विमाकुमारी दुराको स्वर रहेको सो गीतको म्यूजिक भिडियोको छायाड्ढन भने पोखराको नयाँबजारस्थित तमु धिं नेपालको प्राड्डणमा गरिएको हो ।
प्रकाश भट्टले निर्देशन गरेको म्यूजिक भिडियो करण चैसिरले खिचेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् । म्यूजिक भिडियोमा विशाल गुरुङ र रञ्जिता गुरुङले अभिनय गरेका छन् भने साई भिजन प्रालिले दृश्य निर्माण गरेको हो । रमेश बिजीको लय/शब्द रहेको गीतलाई दर्शक, स्रोताले निकै मन पराइदिनेमा गायक कुमार विश्वस्त छन् ।