रूद्र श्रीसमगर
{youtube}https://youtu.be/KuAhCFNQ8-U{/youtube}
पोखरा, वैशाख १ – उदीयमान लोक तथा दोहोरी गायिका सृष्टि पुनले नयाँ वर्षको उपहारका रूपमा ‘भैरमै भाकौंला’बोलको सालैजोको म्यूजिक भिडियो दर्शक, स्रोतामाझ ल्याएकी छिन् ।
नयाँ वर्षकै दिनमा युट्युब मार्फत् सार्वजनिक भएको यो म्यूजिक भिडियोले तत्कालै चर्चा बटुल्न थालेको छ । सार्वजनिक हुँदै देखिएको चर्चाले गीत निकै हिट हुने संकेत देखिएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिकाको रामकोटमा छायाड्ढन गरिएको म्यू्जिक भिडियोको छायाड्ढन तथा सम्पादन दानबहादुर श्रीस र गोविन्द पुनले निर्देशन गरेका हुन् । दिलीप राना ‘गोरे’ले नृत्य निर्देशन गरेको म्यूजिक भिडियोमा निर आले र सपना ढेंगाले अभिनय गरेका छन् ।
गोविन्द पुनको शब्द, नवीन रानाको लय तथा सृष्टि पुन र नवीन रानाको स्वरमा रहेको यस सालैजो धौलागिरि क्षेत्रमा प्रचलित मौलिक सालैजो हो । टाइगर्स फिल्मस् प्रालिमार्फत् सार्वजनिक भएको म्यूजिक भिडियोलाई दर्शकले निकै मन पराउने गायिका सृष्टिले बताइन् ।