चित्रेभञ्ज्याङ चिनाउने म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

Read Time:4 Minute, 54 Second

रूद्र श्रीसमगर


{youtube}https://youtu.be/UTTmwFInH-U{/youtube}

पोखरा, वैशाख १ – स्याङ्जाको हरिनास गाउँपालिका अन्तर्गत चित्रेभञ्ज्याङ गाउँको चिनारी गराउने ‘हाम्रो प्यारो चित्रेभञ्ज्याङ’ नामक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

चित्रेभञ्ज्याङ–पोखरा सम्पर्क मञ्च, कास्कीले निर्माण गरेको म्यूजिक भिडियोमार्फत् चित्रेभञ्ज्याङका विभिन्न धार्मिक, सांस्कृतिक, प्राकृतिक महत्वलाई दर्शाउन खोजिएको छ । सो म्यूजिक भिडियो शुक्रबार आयोजित कार्यक्रममा हरिनास गाउँपालिकाकी कार्यकारी अधिकृत शिला बराल सापकोटाले सार्वजनिक गर्नुभयो ।

म्यूजिक भिडियो सार्वजनिक गर्दै कार्यकारी अधिकृत सापकोटाले म्यूजिक भिडियोले चित्रेभञ्ज्याङलाई देश तथा विदेशमा चिनाउन मदत पुर्याउने उल्लेख गर्नुभयो । ‘साबिकको चित्रेभञ्ज्याङ गाविस सांस्कृतिक, ऐतिहासिक दृष्टिले निकै सम्पन्न छ’, सापकोटाले भन्नुभयो, ‘पर्यटकीय महत्व बोकेका ठाउँहरूको प्रचार–प्रसारका लागि म्यूजिक भिडियोले ठूलो भूमिका खेल्छ ।

देश संघीय संरचनामा गएको बताउँदै सापकोटाले संघीय ढाँचा अनुसार देशमा स्थानीय तहको निर्वाचन हुन लागेको बताउनुभयो । ‘देश अब नयाँ संरचनामा प्रवेश गरेको छ’, सापकोटाले भन्नुभयो, ‘नयाँ संरचना अनुसार चित्रेभञ्ज्याङ अब हरिनास गाउँपालिकामा पर्छ, हरिनास गाउँपालिकालाई नमुना बनाउन सबै लाग्नु जरुरी छ ।

Image may contain: 1 person, standing, on stage and indoor

कार्यक्रममा समाजसेवी कर्णबहादुर मानन्धर, समुदायमा आधारित पुनस्र्थापना सेवा (सीबीआरएस)का कार्यक्रम व्यवस्थापक कृष्ण लामिछाने, लायन्स क्लब अफ पोखरा गतिशीलका उपाध्यक्ष विदुर कोइराला, मञ्चका सल्लाहकार सु. होमबहादुर थापा, सल्लाहकार एवं नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक लालबहादुर थापा, म्यूजिक भिडियोका निर्देशक गोविन्द पुन, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीस र गीतकार रिमबाबु रानाले चित्रेभञ्ज्याङलाई सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभयो ।

मञ्चका अध्यक्ष क्या. नरेश थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव रूद्र ‘सन्देश’ मगर र कार्यसमिति सदस्य मनराज थापाले स्वागत गर्नुभएको थियो भने सचिव बुद्धिराम लम्सालले पोखरामा बस्ने चित्रेभञ्ज्याङबासीहरूले निर्माण गर्न लागेको चित्रेभञ्ज्याङ बहुउद्देश्यीय भवनका बारेमा अवधारणा पेश गर्नुभएको थियो । सोही अवसरमा मञ्चले प्रकाशन गरेको नयाँ वर्ष २०७४ को भित्तेपात्रो तथा प्रथम चित्रेभञ्ज्याङ सांस्कृतिक महोत्सवको सीडी समेत विमोचन गरिएको थियो ।

टाइगर्स फिल्मस् प्रालिको प्रस्तुतीमा निर्माण भएको म्यूजिक भिडियोमा दानबहादुर श्रीस र प्रेम थापाको छायाड्ढन तथा दानबहादुर श्रीसको सम्पादन र गोविन्द पुनको निर्देशन रहेको छ । म्यूजिक भिडियोमा अनु राना, सलिना राना, प्रेम थापा र देवक थापाले अभिनय गरेका छन् । ‘हाम्रो प्यारो चित्रेभञ्ज्याङ’ बोलमा रिमबाबु रानाको शब्द, राजकुमार ‘बगर’को संगीत छ भने कलावती थापा र कमल सौरागको स्वर रहेको छ । म्यूजिक भिडियोलाई नयाँ वर्षकै दिन युट्युबमार्फत् समेत सार्वजनिक गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %