जीबसीम तथा हितान पुरस्कार वितरण

Read Time:3 Minute, 34 Second

 संजोग लाफा मगर

 

Image may contain: 5 people, people standing

जीतबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले मगर भाषा तथा साहित्यमा योगदान पुर्याएका तीन प्रतिभालाई पुरस्कृत गरेको छ । जीबसीम साहित्य पुरस्कार–२०७२ उवा–६, रोल्पा निवासी प्रेमप्रकाश थापा घर्ति मगर र जीबसीम नवप्रतिभा साहित्य पुरस्कार २०७२ प्रगतिनगर–८, नवलपरासी हेमा आले मगरलाई प्रदान गरिएको हो ।

राजधानीमा चैत २७ गते आयोजित कार्यक्रममा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन मगरले घर्तिलाई रु. ५५ हजार र आलेलाई रु. १० हजार नगद सहित सम्मानपत्र प्रदान गरेका हुन् । दुबै पुरस्कार मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगरको नाममा स्थापना गरिएको हो ।


Image may contain: 6 people, people standing

यसैगरी जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७२ पूर्वमन्त्री एमएस थापा मगरलाई प्रदान गरिएको छ । प्राचीन मगर र अक्खारिका पुस्तकका लेखक समेत रहेका थापालाई प्रदान गरिएको रु. २० हजार राशीको यो पुरस्कार नेपाल मगर संघका पूर्व सचिव स्व. जयबहादुर हितान मगरको स्मृतिमा स्थापना गरिएको हो ।

कार्यक्रममा हितान मगर पुरस्कारका संरक्षक विजय हितान मगरको बाग्मती ब्लुज कविता संग्रह र इको उत्सर्जन निबन्ध संग्रह विमोचन गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगर, नेपाल मगर संघका अध्यक्ष नविन रोका मगर र मगर आदिकवि जीतबहादुर सिञ्जाली मगरले उपराष्ट्रपति नन्दबहादुर पुन मगरलाई समेत सम्मान गरेका थिए । प्रतिष्ठानका कोष संरक्षक बनेका अनिता राना मगर (तनहुँ–युके), विजयसिं झेडी मगर (स्याङजा), मुसाहाङ्ग झेडी मगर (स्याङजा), नविन सारु मगर (नवलपरासी), मीगिन थापा मगर (रुपन्देही–अमेरिका), वीरमान घर्ति मगर (रोल्पा–बेल्जीयम) लगायत पनि सम्मानित भए र मनका सहयोगीहरु विजय हितान मगर, वीरबहादुर गाहा थापा मगर, मगर याक्स ग्रुप बुटवल, एकता बहुउदेश्शीय सहकारी लि. लाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

 

 Image may contain: 6 people, people standing
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपराष्ट्रपति नन्दबहादुर पुन, मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर, पूर्व मन्त्री एमएस थापा, नेपाल मगर संघका अध्यक्ष नविन रोका, संघका संस्थापक महासचिव सुरेश आले मगर, लेखक, साहित्यकार युग पाठक, सबाल्टर्न अध्येता डा. तारालाल श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, प्रतिष्ठानका अध्यक्ष लाफा मगर, साहित्यकार विजय हितान, पत्रकार सन्त गाहा मगर लगायतले मातृभाषा साहित्य र लेखनको महत्वबारे चर्चा गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %