सृष्टि पुनको नयाँ म्यूजिक भिडियोको छायाड्ढन सकियो

Read Time:1 Minute, 9 Second

रूद्र श्रीसमगर


Image may contain: 4 people, people standing and outdoor

फेदीखोला, चैत्र १९ – उदीयमान लोक तथा दोहोरी गायिका सृष्टि पुनको नयाँ म्यूजिक भिडियोको छायाड्ढन सकिएको छ ।
 
गायिका पुनको नयाँ सालैजो गीतको म्यूजिक भिडियोको छायाड्ढन शनिबार स्याङ्जाको पर्यटकीय महत्व बोकेको फेदीखोलाको साल्मेडाँडामा गरिएको हो । गायिका पुनलाई गायक नवीन रानामगरले स्वरमा साथ दिएका छन् ।

गोविन्द पुनमगरको शब्द तथा निर्देशन र गायक नवीन रानामगरको लय रहेको सो गीतको म्यूजिक भिडियोको छायाड्ढन दानबहादुर श्रीसमगरले गरेका हुन् ।

टाइगर्स फिल्मस् प्रालिको प्रस्तुती रहने सो म्यूजिक भिडियोमा चर्चित मोडल निर आलेमगर र सपना ढेंगामगरले अभिनय गरेका छन् भने नृत्य निर्देशन दिलीप रानामगरले गरेका छन् ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %