भूतपूर्व गोर्खा बारे त्रिपक्षीय छलफल सकरात्मक दिशातर्फ

Read Time:4 Minute, 15 Second

 

 

Image may contain: 16 people, people standing and suit

लन्डन । ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खाहरुको लामो समयदेखि रहँदै आएको गुनासोका बारेमा बुधवार नेपाली तथा ब्रिटिश अधिकारीहरु बीच छलफल भएको छ ।

लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणका अनुसार छलफल निकै सकरात्मक रुपमा अगाडी बढेको थियो ।

उनले एक साता भित्र भूपूगोर्खाहरुको मागलाई सम्वोधन गर्न सर्वपक्षीय प्राविधीक संयन्त्र वनाउने सहमति भएको जनाए । छलफलमा वेलायत सरकारको तर्फवाट रक्षा मन्त्रालय अन्तरर्गत भेट्रान तथा पेन्सन मामिला हेर्ने मन्त्री मार्क ल्यांककास्टर सहभागी थिए । मन्त्री ल्यांकास्टरले मे महिनाको अन्तिम सात नेपालको भ्रमण गर्नु अघिनै सेवानिवृत्त भूतपूर्व गोर्खाहरुको समस्याका बारेमा वेलायत सरकारको तर्फवाट केही सकरात्मक निर्णय आउनेमा आशावादी रहेको प्रवक्ता आरणले जनाए ।

करिब २ घण्टा चलेको छलफलमा मन्त्री ल्यांककास्टरले भूपुगोर्खाहरुका मागलाई निकै चासोका साथ सुनेका थिए । वार्तामा नेपाली दूतावास, गोर्खा सत्याग्रह, गेसो लगायतका संघसंस्थाका प्रतिनिधिहरु र ब्रिटिश अधिकारीहरु सहभागी थिए । छलफलमा वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी, प्रवक्त शरदराज आरण र भूपूगोर्खाको तर्फवाट गोर्खा आन्दोलनका अभियान्ताहरु सहभागी थिए ।

छलफलमा सहभागी गोर्खा आन्दोलनका अग्रज ज्ञानराज राईले वार्ता निकै सकरात्मक रुपमा अगाडी बढेको भन्दै प्रसन्नता प्रकट गरे । उनले नेपाल सरकारको तर्फवाट राजदूत डा. सुवेदीले भूपूगोर्खा बारे स्पष्ट अडान राखेको बताए ।

छलफलका क्रममा मेजर जुत वहादुर गुरुङले सेवानिवृत्त भूतपूर्व गोर्खाहरुको समस्याको बारेमा फेरहिस्सा प्रस्तुत गरेका थिए ।

आफ्ना समकक्षीहरुको तुलनामा आफुहरुप्रति पेन्सन लगायतका विषयमा भेदभाव गरिएको भन्ने भूतपूर्व गोर्खा सैनिकहरुका गुनासाहरुलाई संबोधन गर्न नेपाल सरकार र बेलायत बीच मन्त्री स्तरीय वार्ताको तयारीका लागि सो छलफल भएको अधिकारीहरूले बताएका छन् ।

करिब १ बर्ष अघि तत्तकालिन परराष्ट्रमन्त्री कमल थापाले बेलायत सरकारसंग भूपूगोर्खाहरुको माग सम्बोधन गर्न दुई मूलुक बीच औपचारिक वार्ताको माग गरेका थिए ।

यसअघि नोभेम्बर महिना देखि नै ब्रिटेनका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी सहितको टोलीले सेवानिवृत्त भूतपूर्व गोर्खाहरुको संगठनसंग पटक पटक छलफल गरेर सबै पक्षलाई छलफलको टेवलमा ल्याउन सफल भएका थिए ।

सन् १९९७ अघि सेवा निवृत्त भएका भूपू सैनिकहरुलाई ब्रिटिश सैनिक सरह समान पेन्सन, क्षतिपूर्ति, अठार बर्ष नाघेका छोराछोरीलाई पनि बेलायत ल्याउन पाउनुपर्ने अधिकार तथा नेपालमै रहेका भूपू गोर्खा र तिनका परिवारलाई औषधि उपचारको प्रबन्ध लगायतका मागहरु रहेका छन्। ।
फोटो न्युज सौजन्य:- नेपालब्रीटेन डट कम

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %