लोम्बा प्रोर्चुगलमा प्रदर्शन

Read Time:4 Minute, 42 Second

मिजेन पुन मगर


काठमाडौं – रुकुम तकसेरामा जन्मेका अनिल बुढा मगरको लेखन निर्देशन भएको लोम्बा चलचित्र प्रोर्चुगलमा प्रर्दशन हुने पक्का भएको छ । फरक शैली र नेपाली मौलिकतालाई पछ्याउँदै निर्माण भएको लोम्बा चलचित्र बैशाख र जेठ महिनाको वरीपरि पोर्चुगलबासीले हेर्न पाउँने छन् ।

मगर समुदायमा एउटा भेडाले हजारौं भेडाहरुलाई नतृत्व अथवा अगुवाई गर्छ । जसलाई ‘लोम्बा’ नामले चिन्ने गरिन्छ । रुकुमका भेडा गोठालोहरुले बर्षभरी भेडाहरुलाई चरिचरणको लागि एक ठाउँबाट अर्को ठाउँमा लैजाने चलन छ । यात्राको क्रममा एउटा नेता भेडाको आवश्यक पर्छ । त्यही नेता भेडाको सहारामा अरु भेडाहरु एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । सोहि प्रकृयालाई चलचित्र भाषाको साइनो लगाएर अनिलले पर्दामा उतारेका छन् ।


निर्देशक अनिल भन्छन्– ‘हजारौं भेडालाई बाटो देखाउने लोम्बाको मृत्यु भए पछि अर्को लोम्बाको तयारी र गोठालोहरुलाई आउने संकटनै फिल्मको आत्मा हो । सोहि कथासंगै तकसेरामा अवस्थित मगर समुदायको ब्यवसायीक, आर्थिक, राजनितिक, संस्कार, संस्कृतिहरुलाई चलचित्र मार्फत चित्रण गर्न खोजेको छु ।’

अनिलकम बजेटमा नेपाली मौलिकता झल्किने चलचित्रहरु निमार्ण गरिनु पर्दछ । कम बजेटमै चलचित्र निर्माण गर्न सक्नु उनको बिषेशता हो । उसको टिम युनिट पनि जम्मा ६ जनामात्र भएको जानकारी दिनु भयो । अनिल भन्छन्–‘अब कम बजेटमा फिल्म बनाउँदिन् । बरु ठुलो बजेटमा चलचित्र पाएन भने पनि चलचित्रनै बनाउँदिन । किनकी कम बजेटमा चलचित्र निर्माण गर्दा विभिन्न समस्याको घेरा भित्र हराइदो रहेछ । मानौ, कुनै जंगारमा खुट्टा अट्किएको झैँ महसुस हुँदोरहेछ । आफूले देखाउन खोजीएको र गर्न खोजीएको काममा बजेट पुगेन भने सोचे जस्तो चलचित्र नहुँने अनि दर्शकको मन जित्न नसकिँदो रहेछ ।’


ए.वि.एम(ABM) सिनेमा प्रोडक्सन प्रा.लि र रिडी फिल्मस प्रा.लिको ब्यानरमा निर्माण भएको ‘लोम्बा’चलचित्रको प्रोड्क्सन म्यानेजरको भूमिका सुरेन्द्र पुन मगरले हेरेका छन् । तेजेन्द्र बहादुर बुढा, सुरेन्द्र पुन मगर, जनक बुढा मगर र शम्बु पुन मगरले निर्माताको भूमिका निभाएका हुन । छायाङकन जनक बुढा मगर र शम्भु पुन मगरले गरेका हुनभने, कृष्ण पुन मगरको म्युजिक र राजन खड्काको सम्पादन, नेपाली सबटाइटल कर्णबहादुर बुढामगरले गरेका छन् भने, अंग्रेजी सबटाइटल मुलमान बुढा मगरले गरेका हुन । जनक बुढा मगर, मैत्या घर्ती मगर, धनरुपी बुढा मगर, तिर बुढा मगर, नारायण बुढा मगर, शम्बु पुन मगर, रामविनी बुढा मगर, सुक्मित बुढा मर, सुरत पुन मगर, कर्मज्योति पुन मगर र स्वयम अनिल बुढा मगरले मुख्य कलाकारको भूमिका निभाएका छन् ।
 

निर्देशक अनिलले ‘लोम्बा’चलचित्र ल्याउनु भन्दा पहिले फिचर फिल्म ‘गाउला’(गोठालो) २०१२ ‘युँःपा’(टुक्रेको मुटु) २०१२, छोटो चलचित्र ‘रैथाने ज्ञान विनाको जीवन’ २०१३, डकुमेन्टी ‘पहिचानको खोजी’ २०१४, मा निमार्ण गरेका छन् । उनको दुई चलचित्र ‘गाउला’ र ‘रैथाने ज्ञान विनाको जीवन’ फेस्टिबलहरुमा पुगेर नाम कमाईसकेका छन् । भर्खर ‘घुमाउने घर’ चलचित्रमा मुख्य कलाकारको भूमिका निभाएर आएका अनिल अर्को ठुलो बजेटमा बन्न लागेको ‘कुनुको’ चलचित्रको तयारीमा जुटेका छन्



0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %